पर्यटन क्षेत्रलाई खुला राख्न आग्रह

२०७० कार्तिक २८ गते, बिहीबार

काठमाडौ, २८ कात्तिक । नेपाल पर्यटन बोर्डले बन्दका बेलामा पर्यटन क्षेत्रलाई असर पार्ने कुनै पनि गतिविधि नगर्न आन्दोलनरत पक्षसँग अपिल गरेको छ ।
बोर्डले पर्यटक, पर्यटक बोक्ने यातायातका साधनलाई आक्रमण नगरी निर्वाध रुपमा संचालन हुन दिन आग्रह गरेको छ ।बोर्डका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुभाष निरौलाले पर्यटकमाथि आक्रमण गर्दा अन्तर्राष्ट्रिय रुपमा देशको छबि धमिलिने भन्दै त्यसतर्फ सचेत बन्न आग्रह गरेका हुन् ।
उनले संविधान सभा निर्वाचनको समयमा दुई दिन सीमा क्षेत्र बन्द गरिने भएपनि तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकलाई नरोक्ने विषयमा भारतसँग छलफल भइरहेको पनि बताए ।उनले निर्वाचन आयोगलाई यसबारेमा जानकारी गराई नेपालले तेस्रो मुलुकलाई पर्यटकलाई सीमा क्षेत्रमा नरोक्ने र भारतलाई पनि नरोक्न आग्रह गरिएको जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

यार्तुङ पर्व मनाइँदै

२०८२ श्रावण २२ गते, बुधबार

राप्ती नदीमा १३३ गोही छाडियो

२०८२ श्रावण १६ गते, बिहीबार

आज विश्व बाघ दिवस

२०८२ श्रावण १४ गते, मंगलवार