ओझेलमा पर्यो ‘रुप्से झरना’

२०७० मंसिर ८ गते, शनिबार


काठमाडौँ । अपार प्राकृतिक सौर्न्दर्यताले युक्त म्याग्दीको गहना मानिने रुप्से झरना र संसारकै सबैभन्दा गहिरो मानिएको अन्धगल्छी अन्नपूण् पदयात्रामा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि प्रमुख आकर्षाका केन्द्र बन्ने गरेका छन् । बेनी-जोमसोम सडकखण्डअर्न्तगत म्याग्दीको दाना गाविसमा पर्ने मनमोहक रुप्से झरनाले आन्तरिक तथा बाहृय पर्यटकलाई आफ्नो सुन्दरताले मुग्ध बनाई उनीहरूको चित्तलाई आकषिर्त गर्न सफल भएको छ । रूपवती षोडसी युवतीले आफूले ओढेको च्यादर हावाले उडाइदिन लाग्दा जतन गर्न लागेजस्तो देखिने रुप्से झरनाको सौर्न्दर्यता अत्यन्त चित्ताकर्षा त छ नै, त्यसले म्याग्दीको पर्यटन विकासमा समेत महत्वपूण् सहयोग पुर्याउँदै आएको छ । लाखौँ स्वदेशी तथा विदेशीहरूको मन जित्न सफल भए पनि रुप्से झरनाले विकास निर्माण र स्थानीय स्रोत सम्पदाहरूको जिम्मा लिएका सरकारी निकायहरूको मन रुप्से झरनाको विकास र पर््रवर्द्धतनर्फलाग्न नसक्दा बत्तीमुनिको अध्यारोको नियति भोग्न वाध्य भएको छ । स्थानीयस्तरदेखि जिल्लातहसम्म यसको विकास र प्रचार-प्रसारका लागि थुप्रै कुरा उठे पनि ठोस कार्यक्रमले पूण्ाता पाउन सकिरहेको छैन । वि.स १९७५ सालमा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिए पनि अहिले उक्त टिकट प्रचलनमा छैन । त्यसयता झरनाको विकास र प्रचारका लागि कुनै पहल नभएको स्थानीय समाजसेवी बेलबहादुर पर्ुजा बताउँछन् । प्रविधिको विकाससँगै नयाँ पुस्ता इन्टरनेट र इमेलमा व्यस्त हुँदा ग्रामीण क्षेत्रमा समेत हुलाकी व्यवस्थाको प्रभावकारिता घट्दै गएको छ । अझै हुलाकी टिकटमा निरन्तर छापिएको भए केही सकरात्मक प्रभाव हुन्थ्यो होला, समाजसेवी पूजा भन्छन्, ‘अब आधुनिक तरिकाले यसको विकास र प्रचार-प्रसार गरिनुपर्दछ । झरनामा कान्छा भुमे देवताको बासस्थान रहेको विश्वासले हरेक वर्षो जेठ महिनामा बली चढाउनेको यहाँ घुँइचो लाग्ने गर्दछ । बोको र कुखुराको भाले बली चढाइयो भने आफ्नो मनोकांक्षा पूरा हुने विश्वासले यहाँ विभिन्न क्षेत्रका र्सवसाधारण पूजापाठका लागि आउने गर्छ, समाजसेवी पूजा भन्छन्, त्यसैले यसलाई धार्मिकस्थलको रूपमा पनि विकास गर्न सकिन्छ । पहिला-पहिला झरनामा पूजा गर्न जाँदा भुमे देवताले भाँडाकुँडा बरदान दिनेगरेको स्थानीयको भनाइ छ । त्यसरी पूजापाठमा जाँदा एकजनाले भाँडा चोरेर ल्याएपछि, भाडा दिन छोडेको भन्ने इतिहास रहेको म्याग्दीका सक्रिय पत्रकार गोपाल छन्यालले जनाएका छन् । झरनाको अवलोकन र पूजाका लागि फराकिलो बाटो, अग्लो स्थानबाट हर्ेनका लागि भ्युटावर र सवारी पार्किङको व्यवस्था भए राम्रो हुने पत्रकार छन्यालको बुझाई छ । झरनाको विकास गर्न स्थानीय युवाको सक्रियतामा रुप्से युवा क्लब गठन गरेर अघि बढ्न प्रयास भइरहको क्लबका पूवसचिव गंगा पुन बताउँछन् । जिल्लाको उत्तरी क्षेत्रमा झरना मात्र होइन, प्राकृतिक अस्पताल तातोपानीकुण्ड, पुनहिल, धौलागिरी हिमाल, अन्धगल्छी र घोरेपानीजस्ता पर्यटकीयस्थल म्याग्दीमा रहेका छन् । संसारकै गहिरो अन्धगल्छी र झरना रहेको हुँदा दानालाई पर्यटकीय गाविसको रूपमा चिनिन्छ । पछिल्लो समय झरनाको विकासको सट्टा त्यसभन्दा माथिबाट जलविद्युत् निकाल्ने प्रयास भइरहेको भन्दै स्थानीयले तीव्र आक्रोश व्यक्त गरेका छन् । जलमाफियाको यो रवैयाले हामीलाई चिन्तित बनाएको छ, यसले झरनाको अस्तित्व र पहिचान नै हराएर जान्छ, क्लबका पर्ूवसचिव पुन भन्छन्, पर्यटन मन्त्रालयसँग सहकार्य गरेर विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्दछ । गाविसको पहिचानको रूपमा रहेको झरनाको संरक्षण, सर्म्बर्द्धन र विकास गर्ने गाविस र जिल्लास्तरमा दबाब दिने योजना बनाइएको क्लबका अध्यक्ष कविन तुलाचन बताउँछन् । हामीले विगतदेखि रुप्से महोत्सव, साँस्कृतिक एवं खेलकुद गतिविधि सञ्चालन गर्दै आएको छौँ, त्यसले स्थानीयस्तरमा धेरै सकरात्मक प्रभाव पारेको छ, अध्यक्ष तुलाचन भन्छन्न, ‘यो अभियानलाई राष्ट्रिय तहसम्म पुर्याउनुपर्नेछ ।’ फेरि हुलाक टिकटमा तस्विर प्रकाशनदेखि भौतिक संरचनाको निर्माण गर्न गुरुयोजना बनाएर अघि बढ्नुपर्ने पत्रकार छन्यालको भनाइ रहेको छ । झरना वरपर हरेक बर्षपहिलो खस्ने समस्या छ । त्यसका साथै अवलोकन गर्न जान व्यवस्थित बाटो छैन । सामान्य भ्युटावर निर्माण भए पनि त्यसलाई व्यवस्थित बनाउन सकिएमा पर्यटकको नजर पर्नसक्ने समाजसेवी पुनको विश्वास छ । रुप्सेको विकासका लागि स्थानीय निकायको ध्यानाकर्षा हुन आवश्यक देखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार