साहसिक पर्यटनको लाइसेन्स वितरण शुरु

२०७० मंसिर ११ गते, मंगलवार


काठमाडौं, ११ मंसिर । सरकारले साहसिक पर्यटनको लाइेसन्स वितरण गर्ने निर्णय लिएको छ । बढीमा ७० हजार रुपैयाँ इजाजत शुल्क लिएर सरकारले लाइेसन्स वितरण गर्ने निर्णय गरेपछि हाल संचालनमा रहेका सबै साहसिक पर्यटन स्थलहरु अनिवार्य दर्तामा आउनुपने भएको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साहसिक पर्यटन संचालनको लागि अनिवार्य दर्ता प्रकृया शुरु गरको हो । दर्तामा नआएका साहसिक पर्यटन स्थलहरु सरकारले खोजी खोजी संचालनमा रोक लाउनेछ । साहसिक पर्यटन व्यवसाय दर्तामा आएपछि करको दायरामा समेत ल्याउने मन्त्रालयको तयारी छ ।मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले पहिलोपटक पर्यटन मन्त्रालयमा अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए । यसले साहसिक पर्यटनलाई नियमन गर्न सजिलो हुने उनको भनाई छ । उनका अनुसार अहिलेसम्म साहसिक गतिविधिका पर्यटकीय व्यवसाय मन्त्रालयमा दर्ता नभई सञ्चालन हुने गरेका थिए । मन्त्रालयमा दर्ता नभई बन्जी जम्प, केबलकार, मनोरञ्जन पार्क, जीप फ्लाइङ, क्यानोनिङ जस्ता साहसिक पर्यटकीय व्यवसाय अहिले संचालनमा छन् ।
‘पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका ०७०’ ले साहसिक पर्यटकीय गतिविधि सञ्चालन गर्ने कम्पनी अनिवार्य दर्ताको व्यवस्था गरेको छ । निर्देशिका लागू हुनेबित्तिकै दर्ता गर्ने प्रक्रिया सुरु गरेको भट्टराईले जानकारी दिए । साहसिक पर्यटकीय व्यवसाय दर्ताका लागि ३० देखि ७५ हजार रुपैयाँसम्म शुल्क लाग्ने व्यवस्था गरिएको छ । त्यस्तै, हरेक पाँच वर्षमा नवीकरणको व्यवस्था गरिएको छ । नवीकरण शुल्क १५ देखि ३५ हजार रुपैयाँसम्म तोकिएको छ ।
अहिले साहसिक पर्यटन व्यवसाय दर्ता प्रक्रिया सुरु भइसकेको र केहीले दर्ता पनि गरेको भट्टराईले बताए । उनका अनुसार पोखराको जिप फ्लाइङ र चितवनको इच्छाकामना केबलकार दर्ता भइसकेका छन् । त्यस्तै, भक्तपुरमा कैलाशनाथ केबलकार, पोखराको सेतीबगरदेखि सराङ्कोटसम्म केबलकार, काठमाडौं फनपार्कसहितका साहसिक पर्यटन व्यवसायले दर्ता अनुमति लिइसकेका छन् ।
साहसिक पर्यटनका लागि आवश्यक शुल्क:
साहसिक क्रियाकलाप इजाजत शुल्क नवीकरण शुल्क
केबलकार ५० हजार २५ हजार
एम्मुजमेन्ट पार्क र फनपार्क ५० हजार २५ हजार
केबलकारसहित एमुजमेन्ट पार्क ७५ हजार ३५ हजार
बन्जिजम्पिङ ४० हजार २० हजार
जीप फ्लायर ४० हजार २० हजार
क्यानोनिङ ३० हजार १५ हजार
अन्य साहसिक गतिविधि ५० हजार २५ हजार

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार