सुदूरपश्चिमाञ्चल पर्यटन महोत्सव काठमाडौंमा गरिने

२०७० मंसिर १२ गते, बुधबार

काठमाडौं, १२ मंसिर। सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको प्राकृतिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक एवं पर्यटकीय क्षेत्रबारे जानकारी गराउने उद्देश्यले राजधानीमा सुदूरपश्चिमाञ्चल सांस्कृतिक एवं पर्यटकीय उत्सव गरिने भएको छ ।
सुदूरपश्चिम समाजले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सुदूरपश्चिमाञ्चल सांस्कृतिक तथा पर्यटकीय उत्सव एवं फोटो प्रर्दशनीबारे विस्तृत जानकारी गराइएको हो ।सुदूरपश्चिम क्षेत्रमा पर्यटकीय सम्भावना भएर पनि प्रचार प्रसारको अभावमा पछि परेकाले राजधानीमा महोत्सव गर्न लागिएको समाजका अध्यक्ष माया प्रकाश भट्टले बताए । महोत्सव यही १४ र १५ गते राष्ट्रिय सभागृहमा हुने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

यार्तुङ पर्व मनाइँदै

२०८२ श्रावण २२ गते, बुधबार

राप्ती नदीमा १३३ गोही छाडियो

२०८२ श्रावण १६ गते, बिहीबार

आज विश्व बाघ दिवस

२०८२ श्रावण १४ गते, मंगलवार