गौतमबुद्ध विमानस्थलको स्तरोन्नति गरिने

२०७० मंसिर १८ गते, मंगलवार


कपिलवस्तु, १८ मंसिर । लामो समयको प्रतीक्षा र प्रयासपछि लुम्बिनी अञ्चलकै एकमात्र विमानस्थल गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि आवश्यक प्रक्रिया सुरु गर्न सरकारले टेन्डर आह्वान गरेको छ ।टेन्डर प्रक्रियामा गएपछि विमानस्थलको स्तरोन्नत कार्य अगाडि बढ्ने गौतमबुद्ध विमानस्थल स्तरोन्नति परियोजनाका निर्माण आयोजना प्रमुख मुरारी भन्डारीले बताएका छन् । ११ जनवरी २०१४ भित्र बोलपत्र दाखिला गर्न पाइने गरी टेन्डर आह्वान गरिएको छ ।
प्रथम चरणमा विमानस्थलको तीन हजार मिटरको रनवे, ट्याक्सी वे, अन्तर्र्राष्ट्रिय टर्मिनल भवन, टावर, प्रशासकीय भवन, आन्तरिक तथा बाह्य पेरिफेरि रोड, एअर कार्गो बिल्डिङ, सुरक्षा पोष्ट भवन, विमानस्थल सडक, नदी डाइभर्सनलगायतका भौतिक निर्माण कार्यका लागि टेन्डर आह्वान भएको हो ।ऋण उपलब्ध गराउने एसियाली विकास बैंक तथा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीले विस्तृत छलफलपछि योग्य निर्माणकर्ता ठेकेदार कम्पनीको चयन गरी २०१४ को मेसम्म भौतिक निर्माणको काम सुरु गर्ने भण्डारीले बताए ।त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलका रुपमा स्तरोन्नति गरिन लागेको प्रस्तावित गौतमबुद्ध अन्तर्र्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सन् २०१७ को जुन २ तारिखभित्र सम्पन्न गर्ने लक्ष्य नागरिक उड्डयन प्राधिकरणको रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार