संरक्षणको पर्खाइमा लिम्बु सांस्कृतिक संग्रालय

२०७० मंसिर १९ गते, बुधबार


ताप्लेजुङ, १९ मंसिर । ताप्लेजुङको मामाङ्खे गाविसमा रहेको लिम्बु सांस्कृतिक संग्राहलयको उचित व्यवस्थापन हुन नसक्दा जिर्ण बन्दै गएको छ । २००७ सालमा १३ लाख ६३ हजार रुपैयाँको लागतमा निर्माण गरिएको संग्राहलयको व्यवस्थापनमा कसैले चासो नदिंदा यहाँ राखिएका सामान हराउन थालेका छन् भने परम्परागत बस्तु जिर्ण बनेका छन् । लिम्बु जातीको रहनसहन, जिवन शैली झल्कने तस्विर र पत्रपत्रिका राखिएको यस संग्राहलयको व्यवस्थापन तथा रेखदेख स्थानिय समिति गठन गरी गरिएको भए पनि त्यो निष्कृय हुंदा समस्या भएको जिल्ला विकास समिति ताप्लेजुङले जनाएको छ ।
सदरमुकाम फुङ्लिङ्ग देखि दुई दिनको पैदल यात्र गरी पुगिने यस स्थानमा रहेको संगाहलय हेर्न विभिन्न देशका पर्यटक पुग्ने गरे पनि लिम्बु पहिचान झल्कने बस्तु नदेखेपछि निराश बनेर फर्कने गरेका छन् । संग्राहलय व्यवस्थापनका लागि विभिन्न निकायबाट रकम संकलन गरेर नयाँ भवन बनाईएको भएपनि व्यवस्थापन समिति फितलो हुंदा त्यो सुचारु हुन सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु