मध्यपश्चिम पर्यटन मेला मंसिर २८ देखि
सुर्खेत , २३ मंसिर। सुर्खेतको वीरेन्द्रनगरमा यहि मंसिर २८ देखि हुन लागेको मध्यपश्चिमस्तरिय नेपाल व्यापार तथा पर्यटन मेलाको प्रचार प्रसार तिव्र पारिएको छ । यसैक्रममा मेलाको दैलेखमा प्रचार गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, सुर्खेत उद्योग वाणिज्य संघ र वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त आयोजनामा मंसिर २८ गतेवाट सुरु हुन लागेको मेलामा सुर्खेतका साथै मध्यपश्चिमका १५ वटै जिल्लाका कृषिजन्य वस्तुहरु, हस्तकलाको प्रर्दशनी, स्थानीय कला संस्कृति झल्किने प्रस्तुतिहरु राखिने छ ।
दैलेखमा आइतवार आयोजित पत्रकार सम्मेलनमा सुर्खेत उद्योग वाणिज्य संघका महासचिव मदनबहादुर खड्काले मेला मध्यपश्चिम क्षेत्रको पर्यटकीय विकासका लागि कोसेढुंगा साबित हुने बताए । उनले ‘समग्र विकासमा नयाँ कल्पना, समृद्ध मध्यपश्चिम हाम्रो चहाना’ भन्ने मूल नाराका साथ मध्यपश्चिमस्तरीय नेपाल व्यापार तथा पर्यटन मेलाको आयोजना गरिएको जानकारी दिए ।मेलाको अवलोकन ५ देखि ७ लाख दर्शकहरुले अवलोकन आयोजकको भनाई छ । आयोजकले सुर्खेत उपत्यकाका साथै राराताल, दैलेख ज्वालाजस्ता सुन्दर पर्यटकीय स्थलहरुको भ्रमणका लागि हवाई प्याकेजसमेत बनाएको छ । मेलामा स्वदेशी र विदेशी गरी ३ सय स्टल राखिने छ । मेलाको उद्घाटन राष्ट्रपति डा. रामवरण यादवले गर्नु हुने कार्यक्रम रहेको छ । वीरेन्द्रनगरमा मंसिर २८ देखि सुरु हुने मेला पुस ७ गतेसम्म चल्ने छ ।