भैरहवा महोत्वसमा एकैदिन ५० लाखको कारोबार
भैरहवा, २५ मंसिर–‘सर–सामान स्थानीय बजारमा नै खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ भैरहवाको सिद्धार्थ रंगशालामा भइरहेको महोत्सवमा चौथो दिन सोमबार ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।मङ्सिर २१ गतेदेखि सञ्चालन भएको पर्यटन महोत्सवको चौथो दिन करिब ५० लाख रुपैयाँ मूल्यबराबरको कारोबार भएको महोत्सव मूल आयोजक समितिका आर्थिक समितिका संयोजक अनिल ज्ञवालीले बताए ।
महोत्सव परिसरमा भएको कुस्तीमा नेपाली मूलका हिमाञ्चल प्रदेश भारतका शंकर थापाले वर्चस्व कायम गरेका छ । महोत्सवका संयोजक मनिषकुमार जोसी र कुस्ती दङ्गलका संयोजक करुणानिधि त्रिपाठीले संयुक्त रुपमा उद्घाटन गरेको खेलमा तीन जना भारतीय कुस्तीबाजलाई पर्छार्दै थापाले अखडामा केही समय कब्जा जमाएको छ ।यसैगरी सोमबारै भएको कुस्तीमा नवलपरासीका बैजनाथ चौधरीले भारतका विरु पहलवानलाई हराए छन् भने गोरखपुरका रामु यादवले कानपुरका गुड्डुलाई पराजित गरे । नवलपरासी नेपालका राजु थापा पथ्थरले हरियाणा भारतका लालजी पहलवानलाई हराए ।