आजवाट लेखनाथ महोत्सव

२०७० मंसिर २८ गते, शुक्रबार

काठमाडौं,२८ मंसिर । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ कास्कीको लेखनाथमा लेखनाथ महोत्सव सुरु भएको छ । महोत्सवमा विभिन्न किसिमका ३ सय ७ कक्ष राखिएका छन् ।विभिन्न जिल्लाका स्थानीयस्तरमा उत्पादित वस्तुको बजार प्रवर्द्धन, कृषिजन्य लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रबर्द्धन, आवश्यक ज्ञान, उद्यमशीलता र प्रवधि हस्ताक्षण गर्न सहयोग पुर्‍याउने र स्वदेशी तथा विदेशी बजार विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकलाका सामान, दैनिक उपभोग्य एवम् खाद्यान्न, फेन्सी, कस्मेटिक तथा शृङ्गारका सामान, विद्युतीय उपकरण, खानाउत्सव, अटोमोबाइल, वित्तीय तथा अन्य सेवामूलक सङ्घसंस्थाको जानकारी, एक गाउँ एक उत्पादन कार्यक्रमद्वारा उत्पादित सुन्तला, माछा, मौरी, कफी र दुग्ध उत्पादन तथा तरकारी र कुखुरा प्रदर्शनी र बिक्रीका लागि ३ सय ७ कक्ष राखिएको छ ।
महोत्सवको थप आकर्षणमा स्थानीय प्रतिभाको खोजीअन्तर्गत गायन विधामा गण्डकी तारा, कविशिरोमणि लेखनाथको सम्मानमा कविता प्रतियोगिता, उघौली पर्वको अवसरमा मिस किराँतको अन्तिम प्रतियोगिता, निःशुल्क चिकित्सक सेवा, प्रत्येक दिन निःशुल्क मधुमेह परीक्षण, प्राथमिक उपचार, दन्त परीक्षण गर्ने व्यवस्था मिलाइनाका साथै बाल उद्यान, गीतसङ्गीत एवं राष्ट्रिय लोकदोहोरी गीत कार्यक्रम पनि राखिएको छ ।
लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा सुरु महोत्सवको कास्कीका सभासद् यज्ञबहादुर थापा, शारदा पौडेल, रवीन्द्रप्रसाद अधिकारी र सीता गिरी ओलीले संयुक्तरुपमा बिहीबार उद्घाटन गरेका थिए । महोत्सवको उद्घाटन गर्दे सभासदहरुले एक वर्षभित्र नयाँ संविधान लेख्न र कास्कीको कृषि र पर्यटन क्षेत्रको विकासमा कुनै राजनीति नगरी सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार