सौराहामा पर्यटकलाई २५ प्रतिशत छुट

२०७० पुष ९ गते, मंगलवार

काठमाडौ, ९ पुस । पर्यटनका लागि बेमौस भएकाले चितवन सौराहाका व्यवसायीहरुले पर्यटकलाई २५ प्रतिशतसम्म छुटको प्याकेजको घोषणा गरेका छन् । पर्यटनका लागि बेमौसमको रुपमा चिनिने अहिले चितवनको सौराहामा पर्यटक आकर्षित गर्न स्थानीय व्यवसायीहरुले २५ प्रतिशतसम्मको छुट प्याकेजका कार्यक्रमहरु ल्याएका हुन् ।उनीहरुले यो समयमा सौराहामा पर्यटक कम आउने भएकाले आएका पर्यटकको बसाइँलाई लम्ब्याउन विशेष छुटको व्यवस्था गरेको जनाएका छन् । पाँच दिनसम्म खान र बस्नमा २५ प्रतिशतसम्म छुट दिने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष नारायण भट्टराईले जानकारी दिए ।छुट क्रिसमसदेखि सुरु भई अङ्ग्रेजी नयाँ वर्ष जनवरी १ सम्म रहने छ । करिब १०० वटा ठूला होटल र दुई दर्जन बढी रेस्टुरेंन्ट रहेको सौराहामा दैनिक दुई हजार ५०० पर्यटक बस्न सक्ने क्षमता छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार