रक क्लाइम्बिङमा रमाउँदै पर्यटक
काठमाडौँ । कहालीलाग्दो भीरमा डोरीको सहायतामा चट्टान आरोहण गरिने खेलको नाम हो रक क्लाइम्बिङ । आत्मबल दह्रो, साहसी र निडर व्यक्तिले मात्रै चट्टानमा आरोहण गर्न सक्छन् तर पनि उक्त खेल खेल्नका लागि तनहुँको बन्दीपुर-६ विमलनगरस्थित चुन पहरो स्वदेशी तथा बाहृय पर्यटकहरूको आकर्षाको केन्द्रविन्दु बनेको छ । विसं २०६४ साउन ९ गतेबाट सिद्धगुफा विकास समितिले सो स्थानमा रक क्लाइम्बिङ खेल सञ्चालनमा ल्याएपछि बर्सर्ेे पर्यटकको आकर्षा बढ्दै गएको सिद्धगुफा विकास समितिका संस्थापक अध्यक्ष लालकुमार श्रेष्ठ बताउछन् । पृथ्वी राजमार्गसँगै जोडिएको करिब ५५ मिटर अग्लो यो पहरामा १६ वटा रुट सञ्चालनमा ल्याइएको र पाँचवटा रुट चाँडै नै थप्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । नेपाल नेसनल माउन्टेरिङ एसोेसिएसनमार्फ् सुनार गुरुङले व्यक्तिगत खर्च गरेर उक्त पाँचवटा रुट तयार गर्न लागेका हुन् । ‘एक प्वालमा लगाइने एक नट र बोल्टको युरो १४ रूपैयाँ पर्दोरहेछ’- संस्थापक अध्यक्ष श्रेष्ठले बताए । हाल चालु रहेका १६ वटा रुटमा १०८ प्वाल खोपिएको र थप हुने पाँच रुट थप गरिएपछि उक्त संख्या अझै बढ्छ । पहिलो पटक रक क्लाइम्बिङमा आउने मानिसहरूसँग कुनै शुल्क नलिए पनि निरन्तर आइरहने व्यक्तिसँग प्रतिव्यक्ति रु. ५० लिने गरेको सो समितिले जनाएको छ । जोखिम र साहसिक मानिने सो खेलमा हालसम्म आन्तरिक र बाहृय गरी पाँच हजारभन्दा बढी पर्यटकले रक क्लाइम्बिङ गरिसकेका र त्यसमा पनि बढी संख्या बाहृय पर्यटक नै रहेका छन् । रक क्लाइम्बिङ सञ्चालनमा ल्याएपछि आन्तरिक तथा बाहृय पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै खेल पर्यटनको समेत विकास हुँदै गएको अध्यक्ष श्रेष्ठले बताए । पहिला-पहिला बाँदर कुद्ने सो भीरमा पछिल्लो समयमा सूचनाको पहुँचसँगै इमेल तथा इन्टरनेटको माध्यमबाट प्रचारप्रसार हुन थालेपछि रक क्लाइम्बिङ खेलप्रेमी यहाँ आउन थालेको बताइएको छ ।