लोभालाग्दो खुम्जुङ भ्याली
काठमाडौँ । सगरमाथाको प्रवेशद्वारका नामले चिनिएको नाम्चे बजारबाट थोरै तर नाकै ठोक्किने उकालो चढेपछि नेपालकै उचाइमा रहेको स्याङ्बोचे विमानस्थल पुगिन्छ । स्याङ्बोचेबाट नेपालकै एक मात्र याक विकास फार्मको अवलोकन गर्दै खुम्जुङ उपत्यका -भ्याली) पुगिन्छ । खुम्जुङ भ्याली, खुन्दे तथा फोर्च पर्वतारोहीका गाउँ हुन् । सुन्दर, मनोरम अनि जोकोहीलाई मोहनी लगाउँछ खुम्जुङले । चिसो सिरेटोमा सिउसिउ गर्दै यहाँबाट देखिने हिमशृंखला नियाल्नुको आनन्द वर्ण्र्ागर्नै नसकिनेछ । हिउँको माला लगाएर ठाँटिएको छ खुम्जुङ । खुम्जुङ हिउँको छायाँको बर्काे ओढेर टुसुक्क बसेको छ, हेर्दै लोभालाग्दो । ‘मिल्ने भए चोरेर आफ्नै देश लैजाउँजस्तो,’ खुम्जुङमा भेटिएका इजरायली पर्यटक पेभिएनले भन्नुभयो । खुम्जुङ हिउँको माला लगाएर, हिउँकै छायाँको बर्काे ओढेर टुसुक्क बसेजस्तो यहाँका युवायुवती त्यसरी बस्न पाउँदैनन् । यहाँका युवायुवतीले कयौँ पटक विश्वको र्सवेच्च शिखर सगरमाथा चढिरहनुपर्दछ । यहाँका डेढ सयभन्दा बढी युवाले कलिलै उमेरमा सगरमाथा आरोहण गरिसकेका छन् । पर्वतारोहण नै यहाँका बासिन्दाको खेतीपाती, जागिर, व्यापार हो । जीवनयापनका लागि प्रमुख आधार नै पर्वतारोहण भएकाले यहाँका अधिकांशले सगरमाथा आरोहण गर्नलाई पानीपँधेरोजस्तै मान्छन् । यहाँका बासिन्दाले पर्वतारोहणलाई जागिर वा खेतीपाती माने पनि खुम्जुङमा आलु, मूला, फापरलगायतको बाली पनि हुन्छ । तर त्यस्ता बालीभन्दा खुम्जुङेहरूको मुख्य आयस्रोत नै पर्वतारोहण हो । पर्यटकको रोजाइमा परेको खुम्जुङका महिलाहरू प्रायः होटल व्यवसाय तथा पुरुषहरूचाहिँ पर्वतारोहणतिर तानिएका छन् । यहाँका अधिकांशले सगरमाथाको साथै नेपालभरिका आठ हजारभन्दा माथि उचाइ रहेका सबै शिखरको आरोहण गरिसकेका छन् । पर्वतारोही जाङबुसेराब शर्ेपा भन्नुहुन्छ- र्’पर्वतारोहणमा लाग्नु रहर नभएर बाध्यता हो । ज्यानै जोखिममा राखेर शिखर चढ्ने रहर कसलाई हुन्छ र -‘ यहाँका कतिपयले पर्वतारोहणलाई पेसाका रूपमा लिँदा विश्व कीर्तिमान नै कायम गरेका छन् । पर्वतारोहणले गर्दा नै यहाँका शेपाहरू विदेशी पर्यटकको साथ लागेर अमेरिका, जापान, जर्मनी, बेलायतलगायतका देश पुगेका छन् र पनि उनीहरू खुसी भने छैनन् । पर्वतारोहीलाई सरकारले उचित सुविधा दिन नसकेको भनाइ छ यहाँका पर्वतारोहीहरूको । आठ हजारभन्दा माथिका चारवटा शिखर आरोहण गरिसक्नुभएका पर्वतारोही ङमिा शेपाले भने- ‘नेपाल सरकारले विदेशी पर्वतारोहीलाई सम्मान र नेपालीलाई अपमान गरेको देख्दा छक्क लाग्छ ।’ सगरमाथा, पुमोरी, आमादब्लमलगायतका अग्ला हिउँचुलीको काखमा अवस्थित खुम्जुङको अर्का विशेषता भनेको यहाँका शेपा जातिको अनुपम संस्कृति हो । वर्षौपिच्छे यहाँ आयोजना हुने ल्होसार, डुम्जी, माणिरुम्डुजस्ता पर्व पर्यटकका लागि थप आकर्षा बनेका छन् । बाटोभरि सजिएका ध्वजापताका अनि शान्ति कुँदिएका मानेढुङ्गाहरूले जोसुकैलाई एकै छिन भए पनि शान्तिको अनुभूति गराउँछ । खुम्जुङ भएर सगरमाथा आरोहण गर्न हिँडेका पर्वतारोहीको क्याराभान -लस्कर देख्दा खुम्जुङ बेहुली लिएर र्फकेको जन्तीजस्तै देखिन्छ । यहाँ अधिकांश बासिन्दा सामान्य शिक्षा लिएका वा निरक्षर पनि छन् । खुम्जुङमा विश्वकै सबैभन्दा बढी अग्लो स्थान सगरमाथा, विश्वको सबैभन्दा अग्लो गाउँ, विश्वको र्सवाधिक उचाइमा रहेको स्याङबोचे विमानस्थल, विश्वमा सबैभन्दा उचाइमा रहेको होटल होटल एभरेस्ट भ्यू तथा विश्वको सबैभन्दा उचाइमा रहेको गुम्बा पाङबोचे पनि रहेको छ । धेरै कुरामा उचाइ हुँदै गर्दा यहाँका अधिकांश युवायुवतीको खेती पनि त्यही उचाइसँग जुध्नु रहेको छ ।