लुम्बिनीको प्रचार अन्तराष्ट्रियस्तरमा गरिने

२०७० फाल्गुन ७ गते, बुधबार


काठमाडौ, ७ फाल्गुन । भगवान वुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा उच्च सुरक्षा सर्तकतासहित अन्र्तराष्ट्रियस्तरमा लुम्बिनीको प्रचार प्रसारको पहल सुरु भएको छ । लुम्बिनी बिकास कोषले लुम्बिनी क्षेत्रमा सुरक्षाको प्रत्याभुति दिलाउंन सबै उपाय अबलम्बन गरिएको जनाएको छ । विश्व सम्पदा क्षेत्र लुम्बिनीमा सवल सुरक्षा प्रत्याभुति गरिएकोले अन्र्तराष्ट्रियस्तरमा नेपालको पर्यटन प्रबद्र्धनमा यसले निकै सहयोग पुर्‍याउने अपेक्षा कोषले गरेको छ ।
भारतको बिहार राज्यको बोधगया मन्दिरमा आतंकबादी समूहबाट गत बर्ष भएको श्रृखलाबद्ध बम बिस्फोट र लुम्बिनी गुरुयोजनाभित्रको कपिलबस्तु तिलौराकोटमा भएको भिक्षु हत्याको घटनाका भएपछि सुरक्षा सतर्कता बढाईएको थियो ।
यस अन्तर्गत लुम्विनी गुरुयोजना क्षेत्रभित्रको सवै प्रवेशद्धारमा अनिवार्य रुपमा सुरक्षा जाँच गर्ने, सवै खालका सवारी साधनको विवरण दर्ता गर्ने, मायादेवी मन्दिर परिसर एवं अशोकस्तम्भ नजिक मैन वत्ती लगायतका वस्तुहरु लैजान निषेध गरिएको छ ।
कोषका सदस्य सचिव अजितमान तामाङले लुम्विनी गुरुयोजनाको पवित्र उद्यान क्षेत्र, विहार क्षेत्र र सांस्कृतिक केन्द्र एवं वसपार्क क्षेत्रमा माछा, मासु, मदिराजन्य वस्तुहरु लैजान, सेवन गर्न तथा विक्री वितरण गर्न पनि पूर्णरुपले निषेध गरिएको जानकारी दिएका छन् । अन्र्तराष्ट्रियस्तरमा लुम्बिनीको प्रचार प्रसार पनि तीब्र पारिएको कोषले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार