नुवाकोट महोत्सव फाल्गुण १४ देखि

२०७० फाल्गुन १० गते, शनिबार

काठमाडौँ । उद्योग वाणिज्य संघ नुवाकोटको आयोजनामा यही फाल्गुण १४ देखि २४ गतेसम्म तेश्रो नुवाकोट महोत्सव तथा मध्यमाञ्चल क्षेत्रीय औद्योगिक वस्तु तथा प्रविधि मेला हुने भएको छ । महोत्सवस्थलमा एक लाख २० हजार दर्शक भित्र्याउने लक्ष्यका साथ सुरु हुन लागेको महोत्सवमा प्याराग्लाडिङ्ग, हेलिकोप्टरबाट पवित्र धार्मिकस्थल गोर्साईकुण्डको परिक्रमा, त्रिशुलीमा र्याफ्टिङ्ग, पछिल्लो समय नुवाकोटको पहिचान बन्दै गएको गोरु जुधाई मेलाका मुख्य आकर्ष हुने आयोजकले जनाएको छ । महोत्सवमा यस पटक १९ जिल्लाको औद्योगिक वस्तु तथा प्रविधिको पर््रदर्शनी, कृषि उपज, लघु, घरेलु हस्तकलाका सामग्रीहरूको प्रदर्शनी, आकर्षा सांस्कृतिक झाँकी प्रदर्शनी, फुड फेस्टीवल, साहसिक खेल प्याराग्लाडिङ्ग, हेलिकोप्टरबाट प्रवित्र धार्मिकस्थल गोर्साईकुण्डको परिक्रमा, त्रिशुलीमा र्याफ्टिङ्ग, विश्व प्रसिद्ध गोरु जुधाई प्रतियोगिता, ट्राउट माछा, स्ट्रवेरीको प्रदर्शनी, राष्ट्रिय कलाकारहरूको हास्यव्यंग्य, गीत, नृत्य र नाटक प्रदर्शनी, बाल उद्यानलगायतका रमाइला र दर्शकको मन जित्ने प्रस्तुतीहरू समावेश गरिएको आयोजकको भनाइरहेको छ । यस वर्षो महोत्सवमा तारुकाको १० हल गोरु जुधाउने कार्यक्रम, महोत्सवस्थलमै गर्ने निधो आयोजकले गरेको छ । चारघरे गाविसको तिनधारे स्कुल डाँडादेखि महोत्सवस्थलसम्म साहसिक खेल प्याराग्लाडिङ्गको तयारी पनि पूरा भएको नुवाकोट उद्योग वाणिज्य संघका सदस्य दिनेश श्रेष्ठले बताए । यस्तै महोत्सवमा जिल्लाको बट्टार बजार, त्रिशुली बजार, कोलनी, बिदुरलगायतको विभिन्न स्थानमा साँझमा सांस्कृतिक कार्यक्रमसहित फुड फेस्टिबल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार