ठमेल २४ सै घन्टा खुल्ने

२०७० फाल्गुन १२ गते, सोमबार


काठमाडौं, १२ फागुन । पर्यटकीय क्षेत्र ठमेललाई २४ सैं घण्टा खुल्ला र उज्यालो राख्ने योजनासहित ‘स्वचालित सोलार बत्ती’ जडान कार्य सुरु हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको अनुदान सहयोगमा आगामी ३ महिनाभित्र ठमेल क्षेत्रमा स्वचालित सोला बत्ती जडान सुरु हुने ठमेल पर्यटकीय विकास परिषद्ले जानकारी दिएको छ ।एशियाली विकास बैंक एडीबीको सहयोगमा प्राधिकरणलाई प्राप्त सोलार बत्ती हाल चीनमा निर्माणको चरणमा रहेको र ३ महिनाभित्र नेपाल आइसक्ने बताइएको अभियान दैनिकमा खबर छ । त्यसपछि जडान कार्य सुरु हुन्छ ।प्रारम्भमा महानगरपालिका र परिषद्बीचको सम्झौताअनुसार महानगरको ७० प्रतिशत अनुसादनमा सौर्यबत्ती जडान गर्ने योजना बनाइएको थियो । तर, एडीबीको सहयोगपछि सोलार अनुदानमा प्राप्त हुन लागेको परिषद्का अध्यक्ष रामशरण थपलियाले जानकारी दिए । ठमेल क्षेत्रमा लामो समयदेखि सोलार बती जडान हुने बताइए पनि कार्यान्वयनमा आउन सकेको छैन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार