पर्यटक तान्न महादेवको मन्दिर
काठमाडौं, १५ फागुन। गोरखाको ताङ्लीचोकस्थित महादेव डाँडा धार्मिक तथा पर्यटन विकास समितिको पहलमा ताङलिचोक-६ मा ४० लाख रुपैयाँको लागतमा महादेवको मन्दिर निर्माण गरिएका छ ।चन्दा सङ्कलनबाट उठेको रकमले पातिस्वाँराबाट मन्दिरसम्मको दुई किलोमिटर कच्ची सडक पनि निर्माण भएको छ । एक हजार ५ सय ५० मिटर उचाइमा रहेको सो ठाउँमा मन्दिर निर्माण गरिएको होे । स्थानीयकै चन्दा सङ्कलनबाट मन्दिरसम्म जाने सिँढी पनि निर्माण गरिएको छ ।मन्दिरको शिवरात्रिको अवसर पारेर विधिपूर्वक उद्घाटन गरिएको छ । प्रत्येक वर्ष महाशिवरात्रि पर्वमा यहाँ मेला लाग्ने गर्दछ । सामाजिक काममा यहाँका गाउँले एक भएर अघि बढ्ने गरेको स्रोतव्यक्तिसमेत रहेका श्यामप्रसाद लामिछानेले बताए ।