बुद्धजयन्ती सप्ताह सुरु

२०७१ बैशाख २६ गते, शुक्रबार


काठमाडौ,२६ बैशाख । बुद्धजयन्ती सप्ताहसुरु भएको छ ।२५५८ औँ बुद्धजयन्तीको मूल समारोह समिति आनन्दकुटी विहार-स्वयम्भूले बिहीबार राजधानीमा गरेको पत्रकारसम्मेलनमा साताव्यापी रेडियो तथा टेलिभिजनबाट बुद्धका उपदेश, बुद्धकोजीवनी तथा धार्मिक प्रवचनलगायतका प्रसारण सुरु गरिएको जानकारी दिइयो ।सप्ताहअन्तर्गत मुलुलकभर विभिन्न सामाजिक-धार्मिक कार्यक्रमहरु सञ्चालन गरी ज्ञानमाला भजन, सामुहिक बुद्धपूजा, धर्मदेशना गरिने बताइएको छ ।सप्ताहको अवधिभर विभिन्न बौद्ध विहार, गुम्बा, संघसस्थाहरुलाई पर्चा पम्पलेट, बौद्ध झण्डा, बुद्धका तस्बिर, ब्याजलगायत प्रचार सामग्रीहरु निशुल्कवितरण, आनन्दकुटीमा राखिएको पवित्र अस्थिधातुलाई स्वयम्भू परिक्रमा, रक्तदान, विद्यालयस्तरीय हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता र बुद्धजयन्तीको दिन यही बैशाख ३१ गते आनन्दकुटी विहारमा मुल समारोहको उद्घाटन गरिने प्रचार-प्रसार उप-समितिका संयोजकभिक्षु अस्सजीले जानकारी दिए ।सार्वजनिकबौद्ध सभामा विभिन्न मित्रराष्ट्रका राजदूतहरुबाट समेत सम्बोधन हुने छ ।
समितिका महासचिव गौतम शाक्यले बौद्ध सभामा श्रीलङ्काका राजदुत एसडब्लु सेनेविरत्नबाट बुद्धको पवित्रअस्थिधातु शिरमा राखेर श्रीलङ्काराम चैत्यस्थलबाट दर्शनका लागि सर्वसाधारण बस्ने मण्डपसम्म पुर्‍याइने कार्यक्रम रहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार