काममा अवरोध नगर :पर्यटन बोर्ड

२०७१ बैशाख २६ गते, शुक्रबार


काठमाडौ, २६वैशाख ।नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसायीहरुबाट बोर्डको दैनिक कार्यसंचालनमा बाधा उत्पन्न गरिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।बार्डले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै एक अर्कालाई मानमर्दन गर्ने गराउने, देशको छवि धमिल्याउने, समग्र पर्यटन विकास र प्रवद्र्धनमा नै नकारात्मक असर पार्ने भन्दै पर्यटन व्यवसायीहरुको विरोधका कार्यक्रमबाट दुःखित भएको जनाएको छ ।निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले नेपाल पर्यटन बोर्डमा अनियमितता भएको आरोप लगाउँदै केही समय अघिदेखि बोर्ड नेतृत्वका विरुद्ध आन्दोलनरत छन् । पर्यटन बोर्डले आफ्नो तर्फबाट माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदा जनाउँदै पनि विरोधका थप कार्यक्रमहरु घोषणा गरी बोर्र्डको सम्पूर्ण कामकाज ठप्प पारेर स्वदेश र विदेशका सम्पूर्ण सेवाग्राहीहरुलाई सेवा तथा सूचनाबाट वञ्चित गरिएको जनाएको छ ।बोर्डले भनेको छ, ‘कुनै पक्षले आफुलाई लागेको वा चित्त नबुझेको कुरा विधिसम्मत र मर्यादित उठान गरी त्यसको सम्बन्धित निकायबाट व्यवस्थापन गरिनुपर्छ भन्नेमा नेपाल पर्यटन बोर्डको कार्यकारी समिति र बोर्ड व्यवस्थापन सधैं सहमत रहँदै आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर विषयमा उठान र सन्दर्भ एकातिर लक्ष्य अर्कोतिर लिएर समस्या समाधान हुन गा-हो हुन्छ ।’ बोर्डले जेटीसीसीले उठाएका विषयहरुको सम्बोधन विधिसम्मत ढंगबाट गर्न प्रचलित ऐन, कानून बमोजिम हुने कुरामा विश्वास दिलाउन चाहेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार