भक्तपुरमा पर्यटक ओइरो

२०७१ बैशाख २८ गते, आईतवार

काठमाडौ, २८ वैशाख । भक्तपुर नगरपालिकाद्वारा गत वर्ष पर्यटकबाट मात्रै १९ करोड ३२ लाख ८५ हजार ६ सय रुपैयाँ राजस्व संकलन गरेको छ। विविध धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदाले भरिपूर्ण भक्तपुरमा पर्यटक बढेका हुन् । विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा अवलोकनमा आउने आन्तरिक तथा बाह्य पर्यटक बढेका हुन् । ०७० सालमा अघिल्लो वर्षको तुलनामा यहाँ आउने पर्यटकको संख्या ८ दशमलव ८ प्रतिशतले बढेको छ ।परारको तुलनामा पोहोर २० हजार ४ सय ५१ पर्यटक बढेको भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्र खौमाका प्रमुख दामोदर सुवालले बताए । ०६९ मा भक्तपुर नगरपालिका भित्रका सम्पदा अवलोकन गर्न २ लाख ५३ हजार २ सय १३ जना आएका थिए । ०७० मा बाह्य पर्यटकमात्रै २ लाख ७३ हजार ६ सय ६४ जना आएका छन् ।केन्द्रका अनुसार गत वर्ष सार्क राष्ट्रबाट १ लाख २५ हजार २२ र अन्यत्रबाट १ लाख ४८ हजार ६ सय ४२ पर्यटक आएका थिए । उनीहरूबाट भक्तपुर नगरपालिकाले गत वर्षमात्रै १९ करोड ३२ लाख ८५ हजार ६ सय रुपैयाँ राजस्व संकलन गरेको बताएको छ ।नगरपालिकाले सार्क राष्ट्रका पर्यटकबाट १ करोड २५ लाख २ हजार २ सय रुपैयाँ र गैरसार्क राष्ट्रबाट आएका पर्यटकबाट १८ करोड ७ लाख ८३ हजार ४ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
चीनसहित सार्क राष्ट्रबाट आएका पर्यटकसँग सम्पदा अवलोकन गरेबापत नगरपालिकाले प्रतिव्यक्ति सय रुपैयाँ र अन्यत्रकासँग प्रतिव्यक्ति गत पुस १५ सम्म १ हजार १ सय र त्यसयता १ हजार ५ सय रुपैयाँ पर्यटन शुल्क लिंदै आएको छ । यो रकम नगरपालिकाका कलेज, जनस्वास्थ्य, सम्पदा संरक्षण र नगर विकासमा खर्च गर्दै आएको जानकारी केन्द्रले दियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार