पर्यटक बढाउन भ्यूटावर

२०७१ बैशाख २८ गते, आईतवार


काठमाडौ, २८ वैशाख ।इलाम जिल्लामा पर्यटन व्यवसायलाई थप मजबुत बनाउने उद्देश्यले इलाम नगरपालिका–२ शिखरनगरस्थित पानीट्याङ्कीमा भ्यूटावर निर्माण गरिएको छ ।८९ लाख २२ हजारको लागतमा निर्माण गरिएको भ्यूटावरबाट जिल्लाका विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । १६ मिटर उचाइको पाँचतले उक्त भ्यूटावर वार्षिक चार लाख रूपैयाँमा ठेक्कासमेत लागिसकेको इलाम नगरपालिकाले जनाएको छ । भ्यूटावरबाट जिल्लाका ४८ वटै गाविसको अवलोकन, सूर्याेदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ ।
यस्तै नेपालकै सबैभन्दा पुरानो चिया बगान, भारतीय सहर दार्जिलिङ र सिक्किमको समेत मनोरम दृश्य यहीँबाट देख्न सकिन्छ । एटलस इञ्जिनियरिङ एन्ड किराँत निर्माण सेवा जेभीले भ्यूटावर निर्माण गरेको हो । जगेडाकोषको रु ३४ लाख ४६ हजार, नगरपालिका म्याचिङ फन्डको ३४ लाख ७५ हजार र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको रु २० लाख लागतमा भ्यूटावर निर्माण गरिएको कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले बताए ।
पाँच वर्षअघि तेह्राै नगर परिषद्ले पर्यटन प्रवद्र्धनका लागि भ्यूटावर निर्माण गर्ने निर्णय गरेको थियो । नगरपालिकाले पर्यटकीयस्थलका रूपमा चियाबारीमा पोखरी निर्माण, भ्यूटावरसम्म पुग्नका लागि बाटोको दुवैतर्फ रेलिङ निर्माण र गौतमबुद्ध सभागृह हलसमेत निर्माण गरिसकेको छ ।
भ्यूटावरबाट अवलोकन गर्न आन्तरिक पर्यटकका लागि ५० तथा बाह्य पर्यटकका लागि एक सय रूपैयाँ टिकट दर कायम गरिएको छ भने विद्यार्थीका लागि २० प्रतिशत छुटको व्यवस्था गरिएको इलाम नगरपालिकाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु