मकवानपुर गढी दरबार दरबार जीर्ण

२०७१ जेष्ठ ४ गते, आईतवार


काठमाडौं,४ जेठ । मकवानपुर जिल्लाको गढी गाउँ विकास समितिमा रहेको ऐतिहासिक मकवानपुर गढी दरबार जीर्ण अवस्थामा पुगेको छ । मर्मत सम्भारको अभावमा दरबार भत्कने अवस्थामा पुगेको हो ।दरबार क्षेत्रमा सुरक्षाका लागि बनाइएका अग्ला ढुंगाको पर्खालहरु चर्केर भत्कने अवस्थामा पुगेको छ । करिब ५ सय ५० वर्षको इतिहास बोकेको मकवानपुर गढीमा सेन वंशका राजा मुकुन्दसेनले राज्य सुरुवात गरेको तथा सेन वंशका १० पुस्तासम्म ३ सय बर्ष राज्य गरेको इतिहासमा उल्लेख छ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान यहीबाट सुरु गरेका थिए । यस क्षेत्रको अवलोकन गर्न वर्षेनी सयौंको सख्यामा आन्तरिक पर्यटक यहाँसम्म पुग्ने गरेपनि सरकारी निकायले बेवास्था गरेको स्थानीयको गुनासो छ ।स्थानीबासिन्दाले पटक–पटक यस क्षेत्रको उत्खनन्को माग गरेपनि हालसम्म सरकारको आंँखा पर्न सकेको छैन । मकवानपुर गढी हेटौंडा नगरबाट मात्र १६ किलोमिटर पूर्वमा रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार