घोरेपानीमा पर्यटक प्रहरीको इकाई स्थापना

२०७१ असार १० गते, मंगलवार

काठमाडौं । म्याग्दी जिल्लाको पर्यटकीय क्षेत्र घार गाविसको घोरेपानीमा पर्यटक प्रहरीको इकाई स्थापना गरिएको छ ।अन्नपूर्ण पदमार्गको मुख्य गन्तव्य घोरेपानी क्षेत्रको भ्रमणमा आउने पर्यटकको सुरक्षा, उनीहरुको समस्यालाई सम्बोधन र सहयोग गर्न पर्यटक प्रहरी इकाई स्थापना भएको हो ।
उक्त इकाईमा पर्यटकको मात्र जिम्मेवारी पाएका, भाषा र पर्यटन सुरक्षासम्बन्धी तालिम प्राप्त प्रहरी जनशक्तिको व्यवस्था गरिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक जनार्दन जिसीले बताए ।पर्यटकको तथ्याङ्क राख्ने, पर्यटकको चोरिएका र हराएका धनमाल खोजी, पर्यटक हराउँदा र दुर्घटनामा परेको अवस्थामा उद्धार गर्नेसँगै पर्यटकलाई आवश्यक परामर्श दिन इकाईले सहयोग गर्ने प्रनाउ जिसीले बताए । सातजनाको दरबन्दी रहेको उक्त इकाईमा हाल एकजना प्रहरी सहायक निरीक्षक र एकजना हबलदार खटिइसकेका छन् ।
जनशक्ति थप गर्न पहल भइरहेको छ । घोरेपानीमा जिल्लामै पहिलोपटक पर्यटक प्रहरी इकाई स्थापना गरिएको हो । प्रहरी इकाई स्थापना भएपछि पर्यटकहरुलाई सहज हुने र उनीहरुले सुरक्षित महसुस गरी पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने स्थानीय पर्यटन व्यवसायीको अपेक्षा छ ।
यसअघि इलाका प्रहरी कार्यालय घोरेपानीबाट पर्यटन सुरक्षासम्बन्धी गतिविधि हुने गरेको थियो । दक्ष जनशक्तिको अभाव र भाषागत समस्या भएपछि पर्यटक सुरक्षा हेर्ने गरी छट्टै इकाई स्थापना गरिएको हो । घोरेपानीमा वार्षिक ३० हजारको अनुपातमा विदेशी पर्यटक भ्रमण गर्ने गर्छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार