पाल्पाको पूर्णकोटमा उत्खनन्

२०७१ असार १६ गते, सोमबार


काठमाडौँ, १६ असार । १६औं शताब्दीका सेन वंशीय राजाले राज्य गरेको पाल्पाको भैरवस्थान गाउँ विकास समितिको पूर्णकोटमा उत्खनन् गरिएको छ । पुरातत्व विभागले परीक्षणका क्रममा उत्खनन् गर्दा प्राचीन इँट्टा, झिंगटी, दरबारको भित्ता, भान्साको चुह्लोलगायतका सामग्री भेटिएको छ ।रुद्र सेनका छोरा मणिमुकुन्द सेनले पाल्पाका विभिन्न स्थानमा राजधानी बनाएर पश्चिम क्षेत्रको शासन सञ्चालन गरेका थिए । भैरवस्थान गाविसको पूर्णकोट समुन्द्री सतहदेखि १ हजार ४ सय ९० मिटरको उचाईमा रहेको डाँडामा रहेको छ ।
प्रारम्भिक चरणमै १ मिटर ३० सेन्टिमिटर गहिराइमा सोलिङ गरिएका इँट्टाहरु भेटिएको पुरातत्व विभागले जनाएको छ ।त्यस्तै, ७० सेन्टिमटरको गहिराइमा घरभित्र चुल्हो, विभिन्न साइजका ४ ओटा प्राचीन इँटा र झिंगटी, ४० सेन्टिमिटरको घरको गाह्रो भेटिएको पुरातत्व विभागले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार