रानीपोखरीमा पानीफोहोरा निर्माण गरिने

२०७१ असार २५ गते, बुधबार


काठमाडौँ ।काठमाडौँको रत्नपार्क नजिकै रहेको रानीपोखरीमा पानीफोहोरा निर्माण गरिने भएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) १८औँ शिखर सम्मेलनलाई लक्ष्यित गरेर सम्मेलनस्थल निकटका क्षेत्रको सौन्दर्य कायम गर्ने जिम्मा पाएको काठमाडौँ महानगरपालिकाले रानीपोखरीमा पानीफोहोरा निर्माण गर्न लागेको हो ।
उक्त प्रयोजनका लागि महानगरपालिकाले सरकारसँग सात करोडको बजेट प्रस्ताव गरेको महानगरपालिका वातावरण महाशाखा प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार रानीपोखरीमा पानीफोहोरा निर्माण गर्न र त्यस वरिपरिको भौतिक संरचनाको मर्मत गर्न लागि सात करोड खर्च हुने अनुमान छ ।
महाशाखा प्रमुख श्रेष्ठले भने , “सम्मेलन र पर्यटन दुवै क्षेत्रको विकासमा सहयोग पु¥याउन उक्त योजना बनाएका हौँ, त्यसका लागि नक्सासहितको योजना सरकारसामु पेस गरिसकेका छौँ ।”
सार्क सम्मेलनलाई लक्ष्यित गरी उक्त योजना बनाइएको भए पनि रानीपोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा पहिचान बनाइराख्न सहयोग पुग्ने श्रेष्ठको दाबी छ ।मल्लकालीन समयमा राजा प्रताप मल्लले छोराको मृत्यु भएपछि आफ्नी रानीलाई खुसी बनाउन उक्त पोखरीको निर्माण गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]