हिल्सा सिमकोट नाकाबाट कैलाश मानसरोवर तीर्थयात्रा बन्द

२०७१ श्रावण १६ गते, शुक्रबार


काठमाडौं ।चीन सरकारको कडाईका कारण जिल्लाको हिल्सा सिमकोट नाकाबाट तिब्वतको प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवर यात्रा बन्द भएको छ ।
सीमा पासको आधारमा तीर्थयात्रा सहित व्यापार गर्न जाने गरेका हुम्लीहरुले यो वर्षदेखि व्यापारिक केन्द्र ताक्लाकोट वजारसम्म मात्र जान पाएका छन् । सीमा पासले चीनको सीमादेखि ३० किलोमिटर परसम्म जान पाउने र तिब्बतको कैलाश मानसरोवर जान चिनियाँ दुतवासको अनुमति चाहिने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।
कोदारी मार्गबाट मात्र प्रवेश अनुमति दिएको चीनले दैनिक ५० जना भारतीय नागरिकलाइ मात्र कैलाश मानसारोवरमा जान दिएको जानकारी आएको उनले बताए । चीन सरकारका कडाइका कारण यस वर्ष मानसरोवर यात्राका लागि विदेशी पर्यटक नआएको होटल व्यवसायीले बताएका छन् । पश्चिमी मुलुक र भारतीय पर्यटकको प्रमुख पर्यटकस्थल बनेको कैलाश मानसरोवर तीर्थस्थलमा पर्यटक कम आएकाले होटल ब्यवसायी र स्थानीय व्यापारी मर्कामा परेका छन् ।
दैनिक यो समयमा घोडा खच्चड भरिया सहित पर्यटकहरुको ओहोरदोहोर हुने हिल्सा नाका यो वर्ष सुनसान छ । स्थानीय साधनले नभ्याएर साना हेलिकप्टरले समेत ओसारेर सिमकोट विमानस्थलमा पर्यटक भरिभराउने हुने भएपनि यसवर्ष निकै कम छन् । वर्षेनी २५ सय भन्दा बढी भारतीय पर्यटक र पश्चिमी मुलुकबाट १५ सयले यो नाकाबाट कैलाश मानसरोवर तीर्थयात्रा गर्दथे ।
हुुम्लाको ५ दिनको पैदल यात्रापछि तिब्बतको ताक्लाकोट वजार हुदै कैलाश घुम्ने पर्यटकहरु यो वर्ष नआउदा सिमकोट , हेप्का, डाँडाफया, खगालगाउँ र मुचु गाविसका ब्यापारी पशुपालक किसान र होटल व्यावसायीहरु मर्कामा परेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार