पर्यटन प्रर्बद्धनका लागि मनसुन मेला

२०७१ श्रावण २१ गते, बुधबार


काठमाडौं। आन्तरिक पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले बिराटनगरमा मनसुन मेला हुने भएको छ । पर्यटन प्रर्बद्धनका लागि विराटनगरस्थित होटल नमस्कारमा साउन २३ र २४ गते दुई दिने मनसुन मेला हुने भएको हो ।महिलाहरूको सहभागितामा लायन्स क्लब अफ विराटनगर शुभम्को आयोजनामा हुने सो मेलामा २५ वटा कक्ष राखिने छन् ।लायन्स क्लबले हिजो यहाँ पत्रकार सम्मेलन गरी महिला तथा बालबालिकालाई लक्षित गरी सञ्चालन गर्न लागिएको मेलामा रु २० लाख बराबरको कारोबार र १० हजार दर्शकले मेलाको अवलोकन गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा मेला संयोजक रीमा श्रेष्ठले मेलालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताइन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार