पोखरामा जंगल फेस्टिभल

२०७१ फाल्गुन २ गते, शनिबार

काठमाडौँ । पर्यटकीय शहर पोखरामा छुट्टै खालको महोत्सवको आयोजना हुने भएको छ । खुल्ला चौर र सडकमा हुने महोत्सवले दर्शकलाई एकनासे मनोरञ्जन प्रदान गरिरहने महोत्सव भन्दा फरक शैलीमा जंगल फेस्टिभलको आयोजना हुन लागेको हो । परिचय नेपालको आयोजनामा फागुनको पहिलो हप्ता पोखराको शान्ति वनबाटिकामा जंगल फेस्टिभल हुने भएको हो । पोखरा र आसपासमा भइरहने मेला महोत्सवभन्दा नितान्त फरक शैलीमा जंगलभित्र महोत्सव हुने परिचय नेपालका प्रमुख शोभित बस्यालले बताए । युवाहरू मिलेर फरक शैलीको काम गर्ने उद्देश्यका साथ पोखरेलीहरूलाई फरक शैलीको मेलाबाट मनोरञ्जनका साथै विभिन्न ज्ञानमुलक क्रियाकलाबाट जंगल बचाउने अभियानका साथ अगाडि वढेको उन को भनाइ रहेको थियो ।फागुन १ देखि ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा जंगलका राजा राउटे फेस्टिभलको मुख्य आकर्षकको रूपमा रहेको फेस्टिभल संयोजक सिद्धार्थ पौडेलले वताए । पौडेलका अनुसार एक हप्ता सम्म सञ्चालन हुने महोत्सवमा जगली जनावर प्रदर्शनी, विभिन्न जातजातिको संस्कृति झल्कने घर, थारु नाच तथा विभिन्न जंगली भेषभुषा झल्कने पोशाकमा मोडलहरूको ¥याम्प लगायतका कार्यक्रम हुने समेत उन ले बताए ।
पोखरामा केही वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुदै आइरहेको जंगल फेस्टिभल अन्य मेला महोत्सवभन्दा फरक शैलीको रहेकाले यसको प्रवद्र्धन गर्न आवश्यक रहेको स्थानिय युवा रिजन रिजालले बताए । पोखरामा विभिन्न किसिमका पर्यटकीय गन्तब्य भए तापनि चिडियाखाना नभइरहेको अवस्थामा जंगलमा आयोजना हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन संगै जंगल जोगाउनुपर्छ भन्ने सन्देश समेत फेस्टिवलले प्रदान गर्ने उनको भनाइछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु