पशुपतिमा साधुसन्तको कुम्भमेला सुरु

२०७१ फाल्गुन ४ गते, सोमबार

काठमाडौ, ४ फागुन । महाशिवरात्रीका लागि भारतको केदारनाथबाट चार दिनअघि आइपुगेका ७२ वर्षीय ज्ञानपुरी नागाबाबा पशुपतिनाथ मन्दिरलाई साधुसन्तको दरबार ठान्छन् । पशुपतिनाथमा प्रवेश गरेपछि स्वर्गीय आनन्द हुने उनको बुझाइ छ ।
शिवरात्रीको दुई दिनअघि आइतबार पशुपतिनाथ मन्दिर परिसर साधुसन्त र नागाबाबाले भरिभराउ भएको छ । गत २० वर्षदेखि शिवरात्रीमा लगातार पशुपति आइरहेको बताउने ज्ञानपुरीले भने,‘कही नमिलेको परमानन्द म पशुपतिनाथ आएपछि पाउँछु । यो पशुपतिनाथको दरबार यस्तो भव्य लाग्छ,यहाँ राजाले पनि दिन नसकेका कुराहरु पाइन्छ ।’ २० वर्षअघि पशुपतिआउँदाको जस्तो राम्रो स्वागतसत्कार अचेल नहुने उनी बताउँछन् ।
भारतकै गुहाटीका ६३ वर्षीय रञ्जित दास र ५५ वर्षीय हरिमोहन सिंह पनि पशुपति आएका छन् । केही दिनयता पशुपतिमा जोगीहरु ओइरिन थालेका छन् । पशुपति विकास कोषले यस वर्षको महाशिवरात्रीमा करिब ६ हजार साधुसन्त आउने अपेक्षा गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु