सगरमाथा आरोहणको रुट परिवर्तन हुने
काठमाडौं । हिमपहिरोको जोखिमका कारण सर्वोच्च शिखर सगरमाथाको रुट परिवर्तन हुने भएको छ । गत बर्ष १६ जना शेर्पा भरियाहरुको हिमपहिरोमा मृत्यु भएपछि अर्को महिनाबाट नयाँ रुट लागु गर्ने तयारी गरेको हो । विगत २५ बर्षदेखि लागु हुँदै आएको रुटको परिवर्तनबाट हिमपहिरोको जोखिम कम हुने विश्वास लिइएको छ । आरोहीहरुले अब सुरक्षित मार्ग केन्द्रिय मार्गको प्रयोग गर्ने जनाइएको छ । सरकारले केन्दिय मार्गको प्रयोगबाट जोखिम कम हुने जनाए पनि सगरमाथा प्रदुषण नियन्त्रण समितिका प्रमुख आङ दोर्जे शेर्पाले भने नयाँ मार्गको प्रयोगबाट पनि जोखिम कम नहुने बताएका छन् ।सन् १९५५ देखि हालसम्म सगरमाथा आरोहणको क्रममा दुई सय १० जनाको मृत्यु भइसकेको छ ।