पर्यटन बोर्डमा भएको भ्रष्टाचारविरुद्ध मुद्दा दर्ता हुदै

२०७१ चैत्र २० गते, शुक्रबार

काठमाडौ, २० चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा झण्डै ८० करोड बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गर्ने भएको छ ।आयोगले बोर्डका तत्कालीन कार्यकारी निर्देशक सुवास निरौलासहित ५२ जनालाई प्रतिवादी बनाएको छ । सरकार दुईजना सचिव पनि प्रतिवादीका रुपमा रहेका छन् । हिजो समय अभावका कारण दर्ता नभएको र आज दर्ता गरिने अख्तियारका प्रवक्ता देगेन्द्र शर्मा पौडेलले जानकारी दिनुभयो ।
अख्तियार स्रोतका अनुसार केही सचिव, सहसचिवलगायतलाई प्रतिवादी बनाइएको छ । पर्यटन बोर्डमा भ्रष्टाचार भएको भन्दै पर्यटन व्यवसायी आन्दोलित भएपछि संसदको सार्वजनिक लेखा समितिले छानबिन गरेको थियो ।वैदेशिक अध्ययन, पर्यटन प्रवर्द्धन, खरिद, भत्ता सुविधालगायत शीर्षकमा भ्रष्टाचार भएको भेटिएको निर्णयसहित लेखा समितिले थप छानबिन गरी कारबाहीका लागि अख्तियारमा फाइल पठाएको थियो । करिब ६ महिनाको अवधिमा अख्तियारले अनुसन्धान सम्पन्न गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु