बुंगमति महोसत्व समापन हुदै

२०७२ बैशाख ९ गते, बुधबार

काठमाडौ, ९ बैशाख । रातो मच्छिन्द्रनाथको १२ वर्षे मेलाको अवसरमा भएको बुंगमति महोसत्व आज सकिंदैछ । प्राचिन सम्पदा, परम्परा, संस्कृति, बाजा लगायतलाई उजागर गर्ने उद्देश्यले ललितपुर उद्योग वाणिज्य संघ, बुंगमति महोत्सव मूल आयोजक समिति र कार्यविनायक नगरपालिकाको संयुक्त आयोजनामा महोत्सव भएको हो । महोसत्व अहिलेसम्ममा ५ लाख दर्शकले अवलोकन गरेको महोत्सव मूल आयोजक समितिका संयोजक प्रेमभक्त महर्जनले बताए । महोसत्वमा लोप भइसकेको नानीचा नाच, बुंगमतिको मौलिक हस्तकला, काष्ठकला, मौलिक पहिचान झल्किने साँस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको छ । यसभन्दा अघि पनि २०६० सालको १२ वर्षे मेलाको अवसरमा पनि बुंगमती महोसत्व भएको थियो ।
यसैगरी , आजवाट रातो मच्छिन्द्रनाथको १२ वर्षे रथजात्रा शुरु हुँदैैछ । हरेक वर्ष बैशाख शुक्ल चौथीका दिन मच्छिन्द्रनाथको रथ तानिने चलन छ । यसपाली १२ वर्षे रथजात्रा भएकोले रथ बुँगमतीबाट तानिनेछ । आजको रथ जात्राको लागि रातो मच्छिन्द्रनाथलाई चार दिनअघि रथारोहण गरिएको हो ।
त्यस्तै आज रातो मच्छिन्द्रनाथसँग सँगै तानिने मिननाथको रथ पनि तानिंदैछ । पाटनको टंगलमा बनाइएको रथमा मिननाथलाई रथारोहण गरेर रथ तानिनेछ । मिननाथको रथलाई पाटनको श्रीबहालसम्म आज तानेर राखिनेछ ।
यसपाली बुँगमतीबाट मच्छिन्द्रनाथको रथ तानिने भएकोले रथ पुल्चोकमा पुगेपछि मात्र मिननाथको रथलाई पुल्चोकमा तानिनेछ । पुल्चोकसम्म मिननाथले मच्छिन्द्रनाथलाई लिन जाने परम्परा छ ।
रथलाई बुँगमतीबाट तानेर पाटनको विभिन्न ठाउँमा तानेर भोटो देखाएपछि जात्रा सकिनेछ । यसपाली १२ वर्षे रथजात्रा भएकोले बुँगमती र जावलाखेलमा गरेर दुईपटक भोटो देखाइनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु