पर्यटन बोर्डको दैनिककार्य सुचारु

२०७२ बैशाख ११ गते, शुक्रबार

काठमाडौं । भ्रष्टाचारको अभियोगमा प्रमुख कार्यकारी अधिकृत, केहि सन्चालकसहित उच्च अधिकृत निलम्बनमा परेपछि नेपाल पर्यटन बोर्डको काम प्रभावित हुँदै आएको छ ।भ्रष्टाचारको मुद्दा अघि बोर्डमा अनियमितता भएको भन्दै निजी क्षेत्रबाट भएको आन्दोलनसमेत गर्दा बोर्डको काम करिब एक वर्षसम्म प्रभावित बन्यो । जसले लामो समयसम्म पर्यटन प्रचार–प्रसारको काम प्रत्यक्ष प्रभावित भयो ।चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको १ अर्ब १० करोड रुपैयाँमध्ये बोर्डले हालसम्म १० प्रतिशत पनि खर्च गर्न सकेको छैन । सार्वजनिक–निजी साझेदारीमा सन्चालन हुँदै आएको बोर्डभित्रको आर्थिक अनियमितताले बोर्डको मात्रै नभइ नेपालको पर्यटन उद्योगलाई असर पुर्‍याएको पर्यटन व्यवसायीहरुले बताउँदै आएका छन् ।भ्रष्टाचारको अभियोगमा अख्तियारले मुद्दा दर्ता गरेपछि हालै बसेको बोर्डको कार्यकारी समितिको बैठकले कार्यसन्चालन उपसमितिलाई अधिकार प्रत्यायोजन गरेको र उपसमितिले कार्य सुचालु गरी बोर्डको कार्य सम्पादनमा सिर्जित अन्यौलता हट्दै गएको बोर्डले विहीबार पत्रकार सम्मेलन गरी जनाएको छ ।
बोर्डको कार्यकारी समितिले सन्चालक राजेन्द्र सापकोटाको संयोजकत्वमा तीन सदस्यीय कार्यसन्चालन उपसमिति गठन गरी दैनिककार्य अगाडि बढाउन भनेको हो । अन्य सदस्यहरुमा सरकारी अधिकारीहरु उमाकान्त पराजुली र रमेशकुमार अधिकारी छन् । पाँच सदस्यीय उपसमितिमा निजी क्षेत्रबाट दुईजनाको नाम आउन बाँकी छ ।
संयोजक सापकोटाले बोर्डको उद्देश्यअनुसार प्रभावकारी ढंगले दैनिक कार्यसन्चालन गरिने बताए । तर, आवश्यक जनशक्ति नहुँदा भने बोर्डको कार्यमा चुनौती थपिएको उपसमितिले जनाएको छ ।लामो समयसम्म प्रमुख कार्यकारी अधिकृत बिना नै सन्चालन हुँदै आएको पर्यटन बोर्डमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न प्रक्रिया सन्चालन गरिएको पनि उपसमितिले जनाएको छ ।समितिले विद्यमान जटिलताकाबीच नयाँ अधिकृत नियुक्त गर्न बाटो खुला गर्न बोर्डको नियमावली संशोधन गर्न सुझावका लागि उपसमिति गठनसमेत गरिसकेको छ । उपसमितिलाई १५ दिनभित्र सुझाव दिन समय दिइएको जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु