सगरमाथा आधार शिविरमा फेरि हिमपहिरो

२०७२ बैशाख १६ गते, बुधबार

काठमाडौं, १६ बैशाख । भुकम्पका कारण शनिबार हिमपहिरो गई दुई दर्जनको ज्यान गएको सगरमाथा आधारशिविरमा बुधबार फेरि हिमपहिरो गएको छ । हालसम्म उक्त हिमपहिरोले मानवीय क्षति भने गरेको छैन । ‘हिमपात र हिमपहिरो दुवै लगातार छ ।’ आधारशिविरमा रहेका आङफुला शेर्पाले भने, ‘यतिखेरसम्म मानवीय क्षति भने भएको छैन ।’ सगरमाथा आधारशिविरमा फोहोर व्यवस्थापनका लागि बसेका टोली हिमपात नरोकिएकोले समस्यामा परेका छन् । हिमपहिरोले सहकर्मीको मृत्यु र आइफल भ-याङहरु भाचिएपछि सबै आरोहण्ँको कार्यक्रम स्थगित गरेर टोली फकिर्ने क्रममा छन् । आधिकारीक रुपमा आरोहण्ँको कार्यक्रम स्थगित गरेको जानकारी दिइएको छैन । सामान पुरिएसगै आधारशिविरमा चोरीको घटनासमेत बढेको आङफुला शेर्पाले बताए । अधिकांश आरोहीहरु आङ्खनो सामान खोज्ने र ज्यान जोगाउनेमै समय बिताईरहेका छन् । शनिबारको हिमपहिरोमा परि २० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

ढङ्ढङे झरना ओझेलमा

२०८२ असार २३ गते, सोमबार