दश पर्यटक सहित १६ जनाको उद्धार

२०७२ बैशाख २० गते, आईतवार

काठमाडौं, २० बैशाख । अघिल्लो शनिबार गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भुकम्पका क्रममा गोरखाको छुम्चेतमा फसेका दश पर्यटकसहित १६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामा ६ जना नेपाली छन् । उनीहरुलाई नेपाली सेना र भारतीय सेनाको हेलिकोप्टरबाट पोखरा लगिएको छ । उद्धार गरिएका विदेशी नागरिकमा पोल्याण्ड, स्कटल्याण्डलगायत मुलुकका छन् ।
सकुशल उद्धार गरेकामा उनीहरुले नेपाली उद्धार टोलीलाई धन्यवाद दिएका छन् । गोरखामा भुकम्पमा परी चार सयभन्दा बढीको मृत्यु भैसकेको छ । उद्धार गरिएका ४ सय ८० घाइतेको पोखराका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
हालसम्म पोखराबाट ८४ टन खाद्यान्न गोरखाका विभिन्न क्षेत्रमा राहतस्वरुप बाँडिएको पश्चिम पृतनाका लेफ्टिनेण्ट कर्णेल सुदर्शन सिलवालले जानकारी दिए ।
गोरखाका २२ गाविसको उद्धार र राहत कार्यक्रमसँगै आइतबारदेखि धादिङको उत्तरी भेगमा पनि केन्द्रित भएको पश्चिम पृतनाले जनाएको छ ।
सडक मार्गमा पहिरो गएकाले हेलिकोप्टरबाट उद्धार भइरहेको सेनाले जनाएको छ ।
चीन सीमा नजिकका गाविसमा भुकम्प प्रभावितलाई खाने र बस्ने बाससमेत नभएको स्थानीयहरुले जानकारी दिएका छन् । भारतीय वायु सेनाका ५ वटा साना र २ ठूला गरी ७ वटा हेलिकोप्टर उद्धारमा क्रियाशिल छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु