मच्छिन्द्रनाथको भोटो गायब

२०७२ बैशाख २६ गते, शनिबार

काठमाडौँ । बुङ्मतीमा रहेको मच्छिन्द्रनाथको मन्दिरले पुरिएको मच्छिन्द्रनाथ देवताका विभिन्न किसिमका गरगहना, गजुर र महत्वपूर्ण रुपमा लिइने भोटोसमेत पुरिएको हुँदा निकाल्ने काम जारी रहेको छ । बुङ्मतीमा रहेको मछिन्द्रनाथको मन्दिर भूकम्पमा पूर्ण रुपमा भत्किएपछि मछिन्द्रनाथको केही सामान पुरिएको थियो । गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीका अनुसार अहिलेसम्ममा देवताको साना र ठूला गजुर, भिमसेनको मूर्ति तामा र केही सुनको टुक्रा भेटी सकेको भए पनि मछिन्द्रनाथको आकषर्णको केन्द्र मानिने भोटो भने अहिलेसम्म पनि भेटिएको छैन । भैरवनाथ र मछिन्द्रनाथको मन्दिर पूर्ण रुपमा भत्किएकाले देवताका धेरै सामानहरु पुरिएका छन् ती सबै सामानहरु निकाल्नको लागि अझै पाँच छ दिनको समय लाग्ने प्रमुख अधिकारीले जानकारी दिए । यस वर्ष मछिन्द्रनाथको बाह्र वर्षको मेला वैशाख छ गते रथारोहण गरी सुरु भइसकेको थियो भूकम्पका कारणले गर्दा ९ गतेदेखि सुरु भएको रथ जात्रा समेत स्थगित भएको छ । रथ जात्रा कहिलेबाट सुरु हुने भन्ने यकिन भने भएको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु