मनकामना केबलकार पुनः सञ्चालन

२०७२ बैशाख २७ गते, आईतवार

काठमाडाँै । गत वैशाख १२ गते गएको भुकम्पबाट गोरखाको मनकामना मन्दिरमा पुगेको क्षतिसँगै स्थगित मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आउने भएको छ । भुकम्पले आंशिक क्षतिसँगै मन्दिर केही ढल्किएपछि पूजापाठमा समस्या पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै मनकामना केबलकार स्थगित गरिएको थियो ।
मन्दिरमा सामान्य क्षति पुगेपनि हाल मन्दिर बाहिरबाटै पूजापाठ तथा दर्शन गर्ने व्यवस्था मिलाईएपछि भक्तजनहरुको माग अनुसार केबलकार सञ्चालनमा ल्याउन लागिएको मनकामना दर्शन प्रा.लि. पोखरा शाखाका सञ्चालक राजेश गुरुङले बताए । मन्दिर जिर्णाेद्धार नहुँदा गत बैशाख १२ गते गएको भुकम्पले आंशिक क्षति पु¥याउनुका साथै केही ढल्केको छ । मनकामना मन्दिरमा दर्शन गर्न स्वदेश तथा विदेशबाट दैनिकजसो हजारौं दर्शनार्थी आउने गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु