उपत्यकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्नु आपत्ति जनक

२०७२ असार ३ गते, बिहीबार

काठमाडौं, ३ असार । पर्यटन व्यावसायीहरुले काठमाडौं उपत्यकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएकोप्रति आपत्ति जनाएका छन् ।विहीबार राजधानीमा पर्यटन पत्रकार मञ्चले गरेको कार्यक्रममा सहभागी पर्यटन व्यवसायीहरुले राजधानीका विश्वसम्पदा सूचीमा रहेका सम्पदाहरुलाई खुला गर्नु सुखद भएपनि पर्यटकलाई हेल्मेट लगाएर घुम्न लगाउँदा त्यसको नकारात्मक सन्देश प्रवाह हुने बताए ।ठमेल पर्यटन विकास समितिका अध्यक्ष रामशरण थपलियाले पर्यटन बोर्डका लागि छुट्ट्याइएको रकम सम्पदा पुनःनिर्माणमा खर्च गर्नुपर्ने धारणा राखे ।
यस्तै, टेकिङ एजेन्ट एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष रमेश धमलाले पर्यटन क्षेत्रमा आगामी तीन महिलना ‘अफ सिजन’ भएकाले आगामी सिजनदेखि पर्यटक ल्याउनका लागि सरकारी क्षेत्रबाटै विशेष पहल हुनुपर्ने बताए ।कार्यक्रमा सहभागी ठमेल क्षेत्रका पर्यटन व्यवसायीहरुले भूकम्पपछि पनि नेपालको पर्यटन क्षेत्रको भविष्य सुनौलो भएको भन्दै सकारात्मक प्रचार–प्रसारमा सबैको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।सो अवसरमा मन्चले भूकम्पपीडित पत्रकारहरुलाई केही राहत वितरण गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु