हनुमान ढोका दरबार क्षेत्र सरसफाइ

२०७२ असार ४ गते, शुक्रबार

काठमाडौ, ४ असार । नेकपा (एमाले)ले हनुमान ढोका दरबार क्षेत्रमा आज सरसफाइ गरेको छ । पार्टीले सञ्चालन गरेको राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानअन्तर्गत दरबार क्षेत्रमा सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रममा नेकपा (एमाले)का कार्यबाहक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव विष्णु पौडेल, सुरेन्द्र पाण्डे, शङ्कर पोखरेललगायतका नेता एवम् कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।
अभियानअन्तर्गत हालसम्म २२ हजार ५६७ अस्थायी घर, ९७८ भन्दा बढी विद्यालयका अस्थायी भवन र २० हजार ४४८ भन्दा बढी क्षतिग्रस्त घर संरचनाका भग्नावशेष हटाई व्यवस्थापन र सरसफाइ गरिएको पार्टीले जनाएको छ । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु