पर्यटन प्रबर्दनमा एमाले
काठमाडौ ८ असार । नेकपा एमालेले आज मुलुकभरका विभिन्न पर्यटकीय गन्तव्यमा पर्यटन प्रवद्र्धनमुलक तथा पर्यटक स्वागत कार्यक्रमको अयोजना गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा पिडितका लागि एमालेले करिब एकमहिना सन्चालन गरिएको अस्थायी टहरा निर्माण तथा व्यवस्थापन अभियान पनि अन्तिम चरणमा पुगेको छ ।
यसैक्रममा विनाशकारी भूकम्पले उपत्यकाका महत्वपूर्ण ऐतिहासिक सम्पदामा क्षति पुगेका कारण मुलुकको पर्यटन उद्योगमा पर्नसक्ने प्रभावलाई कम गर्न आज मुलुकभरका प्रमुख पर्यटकीय गन्तव्यहरुमा एक साथ पर्यटन प्रवद्र्धन कार्यक्रम तय गरेको हो ।
उक्त क्षेत्रमा सरसफाई कार्यक्रम, पद्यात्रा र पर्यटन साग सम्बन्धित कार्यक्रम आयोजना गर्नुका साथै विदेशी र स्वदेशी पर्यटकको स्वागत कार्यक्रम हुदैछ ।
हाम्रो सम्पदा, हाम्रो पहिचान, पर्यटकहरुलाई गर्छौ सम्मान भन्ने नारा सहित नेपालको प्रमुख पर्यटकीय गन्तव्यहरु कन्चनजंघा, सोलुखुम्बुको लुक्ला, जनकपूरको जानकी मन्दिर, चितवनको सौराहा, पोखरा, लुम्बिनी, प्युठानको स्वर्गद्धारी, बर्दियाको ठाकुरद्धारा, खप्तड र मुस्ताङको जोमसोम र मक्तिनाथ, खोटाङको हलेसी र मुगुको रारा ताल क्षेत्रमा एकसाथ कार्यक्रमको अयोजना गरेको राष्ट्रिय स्वयम सेवक अभियानका संयोजक गोकर्ण बिष्टले जानकारी दिए ।
कार्यक्रम अन्तरगत राजधानीको बसनतपूरबाट पार्टीका शिर्ष नेताहरु , राष्ट्रिय स्वयम सेवक अभियानमा संलग्न टोली लगायतको सहभागीतामा विभिन्न झाँकी सहितको र्याली ठमेल पुगी साँस्कृतिक कार्यक्रमको आयोजना गरिने एमालले जनाएको छ । ठमेल हुने कार्यक्रमको पार्टी अध्यक्ष केपी ओली , बरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै जनकपूरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, लम्बिीनीमा उपमहासचिव विष्णु पौडेल, पोखरामा सचिव पृथ्वी सुब्बा गुरुङ, स्वर्गद्धारीमा स्थायी समिति सदस्य सुरेन्द्रप्रसाद पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी केन्दिैय सदस्य तथा प्रचार विभाग उपप्रमुख सुर्य थापाद्धारा जारी विज्ञप्ती उल्लेख छ ।