बुंगमतीमा नयाँ कुमारी

२०७२ श्रावण २८ गते, बिहीबार

काठमाडौं, २८ साउन । ललितपुर बुंगमतीमा नयाँ कुमारीको रुपमा ५ वर्षिया किन्जल बज्राचार्यलाई प्रतिस्थापन गरिएको छ । भूकम्प, पराकम्प, रथको अवस्था लगायतका विभिन्न अवरोधका कारण रातो मच्छिन्द्रनाथको १२ वर्षे रथजात्रा रोकिएको कारण बुंगमतीको कुमारी फेरिएको हो ।
पञ्चाग निर्णायक समितिका सदस्य दैवज्ञ ज्योतिष कीर्तिमदन जोशीका अनुसार बुंगमती छयासीकोटको रथ राखेको समयमा कुमारी कोप भएर भक्तजनलाई फूल, टीका नदिने लगायतका अस्वाभाविक व्यवहार देखाएकि थिइन । यसरी कुमारी कोप भएमा कुमारी फेर्नुपर्ने परम्परा छ । यस भन्दा अघि ७ वर्षिया स्मृति बज्राचार्य बुंगमतीको कुमारी थिइन ।

प्रतिक्रियाहरु

[anycomment]