गुँला पर्व सुरु

२०७२ श्रावण ३० गते, शनिबार

काठमाडौं, ३० साउन । काठमाडौं उपत्यकाका नेवार समुदायमा गुँला पर्व शुरु भएको छ । सबैको कल्याण होस्, कसैलाई रोगब्याधी नलागोस्, कसैको धनसम्पत्ति नष्ट नहोस् भन्ने कामनासहित शुरु भएको यो पर्व बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने गर्दछन् । यो पर्व विशेषगरी उपत्यकाका नेवार समुदायले मनाउने गर्दछन् । बौद्धमार्गी अन्तर्गत बज्रयानी नेवार समुदायले आफ्नो क्षेत्रमा रहेको चैत्यको बाजागाजासहित पूजाआजा गरी मनाउने यो पर्वसँगै असारे रोपाइँपछि निम्तिनसक्ने रोगब्याधी पनि हट्ने विश्वास गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु