पर्यटन प्रवर्द्धनका लागि समिति गठन
काठमाडौं, ३ भदौ । जिल्लाको पर्यटन क्षेत्रलाई व्यवस्थित र विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यवसायीको बुधबार सम्पन्न एक भेलाले विजय राईको अध्यक्षतामा ‘इलाम पर्यटन प्रवद्र्धन सरोकार समिति’ गठन गरेको छ । समितिका उपाध्यक्षमा प्रेम सापकोटा, महासचिवमा देवी पौडेल, सचिवमा ज्ञानु दाहाल र कोषाध्यक्षमा दिव्य भट्टराई तथा सदस्यहरुमा सुशीला सापकोटा, गृष्म सुब्बा, सुकविर तामाङ, मदन श्रेष्ठ, दुर्गाराज देवान र ईश्वर चिपालु रहेका छन् । त्यसैगरी सल्लाहकारमा धर्म गौतम, युद्धप्रसाद वैद्य, तुलबहादुर देवान, गोपाल पौडेल र तारानाथ पराजुली रहेका छन् । । – रासस