नाट्टामा आचार्य नेतृत्वको प्यानल विजयी

२०७२ माघ ४ गते, सोमबार

काठमाडौं, ४ माघ । नेपाल एसोसिएशन अफ् टूर एण्ड ट्राभल एजेन्टस् NATTA को आइतबार सम्पन्न निर्वाचनमा मधुसुदन आचार्य नेतृत्वको समूह प्यानलै विजयी भएको छ । नाट्टाको ५२ औं बार्षिक साधारणसभा तथा निर्वाचनमा अत्याधिक मत ल्याई आचार्य समूहको पुरै प्यानल विजयी भएको हो । मत गणनाको सुरुवातदेखि नै अग्रता लिएको आचार्य समूहले १५ स्थान पुरै सेट विजयी हाँसिल गर्न सफल भएको हो । साँझ ७ बजेबाट सुरु भएको मत गणना रातिको १२ बजे सम्पन्न भएको थियो । मत परीणाम सार्वजनिक भएपछि याक एण्ड यतिमा शुभ चिन्तकको भिड लागेको थियो ।विजयी टिमलाई फुल, माला र खादा लगाएर बधाई ज्ञापन गरेका थिए ।नाट्टामा ४ सय ५४ मतदाता रहेकोमा ४ सय ३२ मत मात्र खसेको निर्वाचन अधिकृत देविप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचन प्रकृयामा आचार्यसँग वर्तमान प्रथम उपाध्यक्ष शम्भूराज पाठक र महासचिव मिहिका धाख्वाले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]