महाशिवरात्रिमा ११ लाख दर्शनार्थी आउने अपेक्षा

२०७२ फाल्गुन २३ गते, आईतवार

काठमाडौ, २३ फागुन । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्ष शिवरात्रिमा करिब ११ लाख दर्शनार्थी आउने अपेक्षा गरिएको जानकारी दिएको छ । कोषले महाशिवरात्रि पर्व मनाउन सम्पूर्ण तयारी पूरा भएको समेत बताएको छ । महाशिवरात्रिका दिन सोमबार विहान तीन बजेदेखि चारवटै ढोका खुल्ने गरी दर्शनको व्यवस्था मिलाइएको कोषले जनाएको छ। बत्तीसपुतली–गौशालाबाट पिंगलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोका प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। त्यसैगरी विमानस्थलतर्फबाट तिलगंगा राममन्दिर हुँदै बागमतीपारि आर्यघाटतर्फबाट अर्को लाइन हुनेछ।
यसपटक कोषले दर्शनार्थीलाई सजिलै मन्दिर दर्शन गराउन जुन ढोकाबाट प्रवेश गर्यो सोही ढोकाबाट फर्कने व्यवस्था मिलाइएको जनाएको छ। सशुल्क दर्शन गर्ने पुरानै व्यवस्थाअनुसार कोषको कार्यालयका अतिरित्त एसबीआई बैँक र नेपाल इन्भेष्टमेन्ट बैँकबाट हजार रुपैया ँतिरेर टिक लिन सकिने कोषले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

ढङ्ढङे झरना ओझेलमा

२०८२ असार २३ गते, सोमबार