दरबारक्षेत्र अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि

२०७२ फाल्गुन ३० गते, आईतवार

काठमाडौँ । पछिल्लो समय हनुमानढोका दरबार क्षेत्रको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । भूकम्प र नाकाबन्दीका कारण केही समय पर्यटकको सङ्ख्यामा कमी आए पनि अहिले दैनिक जना बढी पर्यटक बढेका हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख नरेन्द्रमान बज्राचार्य बताउनुहुन्छ । हाल दैनिक २५० जनासम्म पर्यटकले हनुमानढोका दरबारक्षेत्रको अवलोकान गर्ने गरेका छन् । भूकम्पपछि यहाँ दैनिक १५० जनासम्म पर्यटक आउने गरेका थिए ।
दरबार क्षेत्रको अवलोकन गर्ने पर्यटकबाट प्रवेश शुल्कबापत दैनिक रु दुई लाख आम्दानी हुन्छ । गत आवको यसै अवधिमा दैनिक ५०० पर्यटकले अवलोकन गर्ने गरेका थिए । गत आवमा दुई लाख चार हजार ८९३ जना दरबार क्षेत्रको अवलोकन गर्न आएका थिए । उनीहरूबाट रु १५ करोड ७० लाख तीन हजार राजस्व सङ्कलन भएको थियो ।
भूकम्प र नाकाबन्दीका कारण यसवर्ष गत वर्षको तुलनामा आम्दानी घट्ने दरबारक्षेत्रले जनाएको छ । हनुमान ढोकाको अवलोकन गर्न आउने सार्क राष्ट्रका नागरिकका लागि रु १५० तथा अन्य देशका नागरिकका लागि रु एक हजार शुल्क निर्धारण गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु