ईन्द्र बराह ट्राभल्स एण्ड टुर्स सन्चालनमा

काठमाण्डौ ,१ चैत । बराह ज्वेलरी ईन्डष्ट्रिज प्रा.लिले सेवा विस्तार गर्दै ईन्द्र बराह ट्राभल्स एण्ड टुर्स सन्चालनमा ल्याएको छ । काठमाण्डौको न्युरोडमा रहेको प्रा.लिको आफ्नै भवनबाट आजदेखि औपचारीक रुपमा ईन्द्र बराह ट्राभल्स एण्ड टुर्समार्फत सेवा सुरु गरिएको हो । बराह प्रा.लिका संस्थापक अध्यक्ष स्व.ईन्द्र लामिछानेको सम्मानमा उनकै नामबाट ट्राभल एजेन्सी सन्चालनमा ल्याएको छ । ट्राभल एजेन्सीको उद्घाटन वाणिज्य विभागका महानिर्देशक शम्भु कोईरालाले गरेका छन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानिर्देशक कोईरालाले शुभकामनाका साथ सेवाग्राहीलाई सरल ,सहज तरिकाले छिटो छरितो र सर्वसुलभ तरिकाले सेवा प्रदान गर्न आग्रह गरे । आर्थिक सम्बृद्धिका लागी पुख्यौली सम्पतिको आवश्यक्ता नपर्ने भन्दै उनले व्यावसायमा व्यावहार र मिहेनत सहि हुन सकेमा सफलता मिल्ने भएकाले त्यसका लागी व्यावसायी आफै सजग हुन अरुरी रहेको बताए । महानिर्देशक कोईरालाले विपन्न तथा पहाडी विकट ठाउ भोजपुरमा जन्मिएर पनि ईन्द्र लामिछानेले आफ्नो कडा परिश्रम र मिजासिलो ,सहयोगी प्यावहारकै कारण व्यावसायीक क्षेत्रमा अग्रस्थानमा बराह ज्वेलरी ईन्डस्ट्रलाई पुर्याउन सफल भएको पनि चर्चा गरे ।
यस्तै ,पूर्व सचिव महेन्द्रनाथ अर्यालले ईन्द्र बराह ट्राभल्सले पनि नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने बिश्वास व्यत्त गरे । उनले संस्थापक अध्यक्षको नामबाट ट्राभल एजेन्सी सन्चालनमा ल्याउन निक्कै प्रशंसनिय काम भएको पनि धारणा राखेका थिए । अर्यालले हाल टुरिजमले ग्रामीण अर्थतन्त्रलाई टेवा पुर्याईरहेकोलेले यसबाट पनि आन्तरीक तथा विदेशी पर्यटक प्रवद्धधनमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा बराह ज्वेलरी ईन्डट्रिजका अध्यक्ष शिवकुमार लामिछानेले सुन ,चादीका गरगहना र हस्तकला तथा सास्कृतिक गरगहनाको जगेर्ना गर्ने उदेश्यले २१ बर्ष अघि स्थापना भएपनि अहिले यस प्रालिको क्षेत्र फराकिलो हुदै गएको बताए । ट्राभल एजेन्सीमार्फत हङकङ , अष्ट्रेलीया ,अमेरीका ,युके लगायतका देशहरुमा रहेका बराहका शुभचिन्तक ,गा्रहक , ईन्डष्ट्रिजसँग आबद्ध ब्यत्तित्वहरुलाई सेवा दिने उदेश्यले स्थापना गरेको उनको धारणा थियो ।
बराह ज्वेलरी ईन्डट्रिजका प्रशासन अधिकृत पाभेल उदासका अनुसार दुई बर्ष अघि देखि अनौपचारीक रुपमा चार वटा बस सन्चालनमा ल्याए पनि ट्राभल एजेन्सीले हाल औपचारीक रुपमा ६ वटा बस सन्चालमा ल्याएको छ । धरानबाट काठमाण्डौ आवत जावत गर्ने बअ बसमा प्रि वाईफाईको सुबिधा पनि उपलब्ध छ । ट्राभल एजेन्सीले जुनसुकै देशका लागी सस्तो ,सुलभ रुपमा टिकप उपलब्ध गराउने , आन्तरिक तथा बिदेशी पर्यटकहरुलाई बिभिन्न पर्यटकिय क्षेत्र पोखरा , चितवन लगायतका स्थानहरुमा भ्रमणका लागी लैजाने तथा ट्रेकिङ, र्याफ्टी« ,रक क्लाईबिङ, केनोईङ्ग र साईट सिईङ्गको सेवा पनि उपलब्ध गराउने पाभेलले बताए । २१ बर्ष अघि धरानबाट सुरु भएको बराह ज्वेलरी ईन्डष्ट्रिजका शाखाहरु काठमाण्डौ ,पोखरा हङकङ र युकेसम्म रहेका छन् । बराहले अब छिट्टै रेमिट्यान्सको सेवा पनि सुरु गर्न लागेको उनको कथन थियो ।