गैरकानुनी रुपमा ड्रोन उडाउने प्रहरी नियन्त्रणमा

२०७२ चैत्र ५ गते, शुक्रबार

काठमाडौं, ५ चैत । गैरकानुनी रुपमा ड्रोन उडाउने एक विदेशी पर्यटक प्रहरीको फन्दामा परेका छन । म्याग्दीको प्रमुृख पर्यटकीय स्थल घार–१ घोरेपानीमा गैरकानुनी रुपमा ड्रोन उडाउने क्रममा युक्रेनी नागरिक डिम्ट्रो पोलिख पक्राउ परेका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्रले समेटिएको घोरेपानी क्षेत्रको भम्रणमा आएका उनले विहिवार गैर कानुनी रुपमा ड्रोन उडाएर तस्बिर लिईरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पर्यटन प्रहरी चौकी घोरेपानीबाट खटिएको टोलिले ड्रोन उडाईरहेको अबस्थामा फेला पारेपछि उनलाई ड्रोन सहित नियन्त्रणमा लिएर सम्झाई बुझाई गरी छाडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी डिप्लोमेण्ट ट्रेक एण्ड एक्स्पिरेशन ट्रेकिङ एजेन्सी मार्फत घोरेपानीको भम्रणमा पुगेका थिए ।
प्रहरीका अनुसार गृहमन्त्रालयबाट स्विकृत लिएर ड्रोन उडाउन पाईने प्रावधान रहेको छ । कुनै ईजाजत नलिई ड्रोन उडाउने युक्रेनि नागरिकको साथबाट ड्रोन सेट, रिमोट, ब्याट्रि र मेमोरि काड समेत नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु