राजकुमार ह्यारी बर्दिया जाँदै

२०७२ चैत्र ८ गते, सोमबार

काठमाडौं, ८ चैत । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारी आज बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अवलोकनका लागि बर्दिया जाँदैछन् । बर्दिया भ्रमणका क्रममा उनले खौरही नदीमा -याफ्टिङ गर्ने कार्यक्रम पनि तय गरिएको छ । राजकुमार ह्यारीले हिजो पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरेका थिए । उनले पाटनको गोल्डेन टेम्पल, कृष्ण मन्दिर लगायतका क्षतिग्रस्त मन्दिर र सम्पदाहरुको अवलोकन गरे । दरबार क्षेत्रमा उनलाई हेर्न स्थानीय बासिन्दाका साथै पर्यटकको घुँइचो लागेको थियो । यसैगरी राजकुमार ह्यारीले हिजै भक्तपुर दरवार स्क्वायरको पनि अवलोकन भ्रमण गरे । उनले भक्तपुरको व्यासीस्थित भूकम्प पीडितको अस्थायी शिविरमा पनि पुगी पीडितहरुका बारेमा जानकारी लिएका थिए ।
राजकुमार ह्यारीले ९ गते पोखरा भ्रमण गर्ने कार्यक्रम छ । चैत १० गते भने राष्ट्रपति भण्डारी र राजकुमार ह्यारीले काठमाडौंमा आयोजना हुने बालिका सम्मेलनको संयुक्त रुपमा उदघाटन गर्नेछन् । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा बेलायती महारानी एलिजावेथ द्वितीयका कान्छा नाती ह्यारी महारानीको प्रतिनिधिको रुपमा नेपाल आएका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु