जनकपुर अन्तरगृह परिक्रमा सुरु
काठमाण्डौ, १० चैत । ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको मिथिला बिहारीको डोला तथा जनकपुरको अग्नीकुण्डबाट निस्केको किशोरीजीको डोला हिजो जनकपुर फर्केपछि आज विहानबाट अन्तरगृह परिक्रमा सुरु भएको हो । अन्तरगृह परिक्रमालाई मुख्य आकर्षणको केन्द्र पनि मानिने गरिएको छ । जनकपुर नगरको १५ किलोमिटर दुरी परिक्रमा गर्नुलाई अन्तरगृह परिक्रमा भनिन्छ । परिक्रमामा सहभागिहरुको लागि विभिन्न स्थानिय संघसंस्थाहरुले निःशुल्क स्वास्थ्य शिविर, चिया, नास्तालगायतको व्यवस्था मिलाएका छन् ।
१५ दिने माध्यमिकी परिक्रमामा हजारौ साधुसन्त तथा श्रद्धालुहरुको सहभागिता रहने गरेको भएपनि जनकपुर अन्तरगृह परिक्रमामा लाखौ श्रद्धालुहरुको सहभागिता हुने गरेको छ । जनकपुर अन्तरगृह परिक्रमामा सहभागी भए १५ दिने माध्यमिकी परिक्रमा सरह फल प्राप्त हुने धार्मिक विश्वासका साथ अन्तरगृह परिक्रमामा लाखौ जनाले सहभागिता जनाउने गरेको विश्वास गरिन्छ ।
गत २५ गते जनकपुरको हनुमान नगरस्थित हनुमानगढीबाट विधिवतरुपमा सुरु भएको परिक्रमा भारतको कल्यानेश्वर मन्दिरमा साक्षी राखेर गिरिजास्थान हुंदै महोत्तरीको मटिहानी, जलेश्वर, मड्ै, ध्रुवकुण्ड, कंचनवन पुगेको थियो । यस्तै धनुषाको पर्वता, धनुषाधाम, सतोश्वर, औरही भएर पुनः भारत विहारको करुणा, विसौल हुंदै जनकपुर फर्केको थियो ।