जोमसोम–पोखरा हवाई उडान अवरुद्ध
काठमाडौं, १४ चैत । बिगत पाँच दिनदेखि जोमसोम–पोखरा हवाई उडान अवरुद्ध भएको छ । प्रतिकूल मौसमका कारण हवाई उडान अवरुद्ध भएको हो ।
अत्यधिक तुवाँलो बढेपछि दृश्यताका कारण उडान अवरुद्ध बनेको जोमसोम विमानस्थलका प्रमुख सूर्यबहादुर खत्रीले बताए । पर्यटन यामका बेला उडान अवरुद्ध हुँदा पर्यटक समस्यामा परेका छन् । हवाई उडान नहुँदा सडक मार्ग हुदै जिल्ला भित्रिने पर्यटक बढेका छन् ।
विमानस्थलका प्रमुख खत्रीका अनुसार देशैभरि बदलिएको मौसम र त्यसमाथि म्याग्दी क्षेत्रमा बढी आगलागी भएपछि धुवाँका कारण दृश्यता कम भएको छ । “अझै पानी पर्ने सङ्केत छैन, उडान नहुँदा जोमसोम सुनसान बनेको छ”, उहाँले भन्नुभयो, “भिसा सकेर फर्कने पर्यटकहरु पनि समस्यामा परेका छन् ।”